चितवन । चितवनमा आज २४ जना कोरोनामुक्त भएका छन्। यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार ९७५ पुगेको छ । त्यस्तै आज थप १३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २६ हजार ७०२ पुगेको छ। त्यस्तै आज जिल्लाभर सक्रिय संक्रमितको ३०० जना रहेका छन्।
उनिहरुमध्ये २८३ जना होम आइसोलेसनमा छन् भने १७ जना अस्पतालमा रहेका छन् ।








