काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएर फर्किएका छन् ।








