काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । नेपालको पूर्वी भू(भागबाट मनसुनी वायु तथा पश्चिमी भू(भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भईरहेको छ। महाशाखाका अनुसार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।








