अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावलीको अवसरमा शुभकामना दिएका छन्। राष्ट्रपति बाइडेनले दीपावली मनाइरहेको फोटो सेयर गर्दै शुभकामना दिएका हुन्।
उनले दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराओस् भन्दै शुभकामना दिएका छन्।
उनले भनेका छन्, ‘दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराओस्। अमेरिका र विश्वभरका हिन्दू, सिख, जैन र बौद्ध धर्मावलम्बीहरूलाई पिपुल्स हाउसदेखि तपाईसम्म, शुभ दीपावली।’








