• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सोचमै खोट स् साढे तीन करोडको पुस्तकालय भवन, तर सञ्चालन गर्न बजेट छैन

  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गुल्मी । गुल्मी जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण इतिहास बोकेको किरण पुस्तकालय बर्षौसम्म अप्ठयारो र साँघुरो घरमा बस्यो । ५० वर्षसम्म अप्ठयारो व्यहोरेको यो पुस्तकालयको अहिले आफ्नै अत्याधुनिक चार तले भवन छ । विगतका दुःख हेर्दा राम्रै जस्तो देखिन्छ, तर किरण पुस्तकालयको दुःख अझै सकिएको छैन । पुस्तकालयका करिब १० हजार पुस्तक छन् । यि सबै पुस्तक एउटा तलामा व्यावस्थापन गरिएको छ । बाँकी तीन तला भने प्रयोगविहीन छ ।

    थप प्रविधि र पुस्तक खरिद गर्ने पुस्तकालयसँग आर्थिक अभाव भएकाले भवनको बाँकी स्थाना खाली रहेको हो । आर्थिक संकट यस्तोसम्म कि कार्यालय सञ्चालनमा समेत अप्ठयारो परिरहेको छ । सरकारले भवन संरचनासँगै व्यावस्थापनमा पनि ध्यान दिनु पर्ने बताउँछन् रेसुंगा बहुमुखी क्याम्पसका उपप्रध्यापक भुवन अर्याल । ‘अहिलेको समय र प्रविधि सुहाउँदो नभए पुस्तकालयको अर्थ छैन । भौतिक पुर्वाधारको हिसाबले राम्रो भवन बनेको छ,’ उनले भने, ‘व्यावस्थापनमा पनि राज्यको ध्यान पुग्नुपर्छ ।

    किरण पुस्ताकालय २०२५ सालमा स्थानीय एक व्यक्तिको घरबाट सुरुवात गरिएको थियो । त्यसबेला श्रुर्ति, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरू संकलन गरी पुस्तकालय सञ्चालन गरिएको थियो । तत्कालिन अवस्थामा पाठकले चाहेअनुसारका पुस्तकहरू थिएनन् । पुस्तकालयका अभियन्ताहरूले नै केही पुस्तक खरिद गरेर पुस्ताकालय सञ्चालन गरेका थिए । त्यो बेला बिद्यालय पनि कम थिए । अझ पुस्ताकालय त परको कुरा ।

    प्रविधि र समयले पुस्तकालयलाई उछिने पनि महत्व भने अहिले पनि कायम रहेको किरण पुस्तकालयका संस्थापक शशी पन्थीले बताए । पूर्वमन्त्री गोकर्ण विष्टको बिशेष पहलमा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे तीन करोडको लागतमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणको काम सुनील–समिर बाँसुरी जेभीले गरेको थियो । अहिले बाहिरबाट भवन अत्याधुनिक र आर्कषक देखिन्छ । तर दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यावस्थापन र उदेश्यअनुसारको काम अगाडि बढाउन निकै चुनौती रहेको पन्थीको भनाइ छ । सयमअनुसार पुस्तकालय पुगेर पुस्तक पढ्ने अवस्था छैन ।

    पुस्तकालयलाई अहिले उपलब्ध पुस्तक व्यावस्थापन गर्न पनि भवनभित्र आवश्यक संरचनाको समस्या छैन । कार्यालय व्यावस्थापन गर्न जनशक्तिको समेत अभाव उस्तै छ । अहिलेको पुस्ता सुहाउँदो प्रविधिको विकास गरेर पुस्तकालयलाई विकास गर्नुपर्ने आवश्यकता रहेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष जर्नादन घिमिरेले बताए । किरण पुस्तकालयले जिल्लाको शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ ।

    पुस्तकालयले स्थापना कालदेखि ‘हाम्रो पुरुषार्थ’ नामक साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ भने पुस्तक प्रकाशन, कवि गोष्ठी, जयन्तीहरू मनाउने तथा पुस्तक र पत्रपत्रिका पढ्न पाउने सुविधा दिइरहेको छ । भौतिक संरचनाले मात्रै पुस्तकालयको उदेश्य पुरा हुँदैन । त्यसैले किरण पुस्तकालय जस्ता जिल्लाका महत्वपूर्ण शैक्षिक धरोहरहरूको संरक्षण र व्यावस्थापनमा राज्यकै तर्फबाट चासो र पहल हुनुपर्ने घिमिरेको जोड छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.