• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हिलो पटक मनाइयो राजा हिलिहाङको जन्मोत्सव

  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाँचथर । नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला)का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ । राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो ।

    राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै उनको योगदानको चर्चा गरिएको थियो । नेपाल एकीकरणका लागि अगाडि बढेको गोरखाली फौजसँग १७ पटकसम्म अपराजित याङवरक थुमका राजा हिलिहाङले वि.सं. १८३१ मा आफ्नो राज्यलाई स्वशासनको अधिकार सहित नेपालको मातहतमा राख्न सम्झौता (लालमोहर) गरेका थिए । हिलिहाङको योगदानकै कारण एकीकरण अभियान सफल भएको र नेपालको अहिलेको स्वरूप कायम भएको भन्दै जन्मजयन्तीका अवसरमा राजा हिलिहाङको जन्मोत्सवलाई पर्वका रूपमा मनाउन तथा राष्ट्रिय विभूति घोषणा गर्न यहाँका सरोकारवालाले मागसमेत गरेका छन् ।

    हिलिहाङ गाउँपालिका र हिलिहाङ फाउन्डेसनले विगत पाँच वर्षदेखि भग्नावशेषमा परिणत दरबार क्षेत्रको संरक्षण, इतिहासको खोजी तथा हिलिहाङको पहिचान झल्कने संरचना निर्माण गर्दै आएका छन् । यस क्रममा दरबार क्षेत्रमा राजा हिलिहाङको सालिक निर्माण गरिएको छ भने मेची राजमार्गबाट दरबार क्षेत्र प्रवेश गर्ने स्थानमा प्रवेशद्वार र सोको माथि सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । राजा हिलिहाङले नेपाल एकीकरणमा गर्नुभएको योगदानको सम्मान गर्दै उनकै नामबाट पाँचथरको साबिकका चार वटा गाउँ विकास समितिहरू भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई मिलाई ‘हिलिहाङ गाउँपालिका’ नामकरण गरिएपछि हिलिहाङबारे थप खोजी र चर्चा हुन थालेको हो ।

    हिलिहाङ फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार इतिहासमा पहिलो पटक राजा हिलिहाङको जन्मोत्सव मनाइएको हो । ुजङ्गलमा छोडिएको झन्डै ३०० वर्ष पुरानो विषय क्रमशः उजागर हुँदै गएको छु, अध्यक्ष योङहाङले भने, ुराज्यले चिनेको एकमात्रै दरबार हिलिहाङ दरबार र लिम्बुवानका अन्तिम राजा हिलिहाङ रहेकाले उहाँको योगदानलाई संस्थागत रूपमा सम्मान गर्न जन्मोत्सव मनाउन थालेका हौं ।ु राजा हिलिहाङको सहजीकरणले मात्रै नेपाल एकीकरणले सार्थकता पाई नेपालले अहिलेको स्वरूप ग्रहण गरेकाले उहाँलाई राज्यले चिन्नुपर्ने तथा सम्मान गर्नुपर्ने योङहाङको माग छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.