• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने?

  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगञ्ज । बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् । कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको विषय बनेको हो । ‘काटेको धान खेतमै डुबेर उम्रिएको छ । नकाटेको धान पनि हावाले ढालेर कुहिएको छ । अब वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ, झ सत्तवाले निरास हुँदै भनिन्, ‘परिवारलाई कमाएर खुवाउन श्रीमान छैनन् ।

    म एक्लीले कसरी पाल्ने यत्रो ८ जनाको परिवार ।’ स्थानीय जमिन्दारको जमिन अधियामा खेती लगाउदै आएकी सत्तवाको दैनिकी खेतमा उम्रेको धानको बाला र पानीमा डुबेर कुहेको धान केलाउने सुकाउने गर्दै बित्ने गरेको छ । उनले भनिन्, ‘गाउँमा रोजगारी पनि पाइँदैन । धान थियो र वर्षभरी पुगनपुग खानलाई हुन्थ्यो तर, अब त त्यो पनि छैन कसरी गुजार चलाउने हो के खाने भन्ने चिन्ताले रात छप्लक्कै उघारिएकै आँखाले काट्ने गरेको छ ।’ उनकै छिमेकी संगीता रैदासको पनि अवस्था उस्तै छ ।

    संगीताको पनि डेढ विगाह खेतमा लगाएको धान पानीमा कुहेर नष्ट भएको छ । खेतमा डुबेको धान सुकाउन हुलाकी सडकमाथि थुपारेकी उनले उम्रिएधार धानको बाला देखाउदै भनिन्, ‘ उम्रेको धान छ । यसबाट कस्तो चामल निस्कन्छ र खाने हो । ऐलानी र जमिनदारको जग्गा जोतेका छौँ पालिकाबाट धानको क्षतिको क्षतिपूर्ति लिन जाउ भने आफ्नो नाममा लालपूर्जा छैन । लालपूर्जा नभए क्षतिपूर्ति पाइँदैन भन्छन् ।’ पानीकै कारण नरैनापुरकै २ का सफिउल्ला खाँनको २ विगाहा ५ कठ्ठामा लगाएको धानबाली नष्ट भयो ।

    ‘खाइ नखाई गरेर लगाएको धान खेलमा पाकेर पहेँलै भएको थियो । तर, धान नष्ट गरेपछि अब ९ जनाको परिवार पाल्ने पिरलो थपिएको छ । अस्फाक खाँनको पनि पीडा उस्तेै छ। सफिउल्ला, संगीता र सत्तवा त नरैनापुरका बेमौषमि वर्षाका पीडित किसान प्रतिनिधि पात्र हुन् । नरैनापुरका अधिकांश किसानको आँगनमा उचो सडकमा जहाँतहिँ पानीमा डुबेर कुहेको धानको रास देख्न सकिन्छ । कुहेकै भएपनि केही काम लाग्ने छ कि भन्दै धानको व्यवस्थापन गर्न जुटेको देखिन्छन् ।

    कात्तिक महिनामा यसअघि कहिल्यै यसरी वर्षात नभएको र वर्षा भए पनि डुबान र बाढीको बितण्डा नदखेका यहाँका स्थानीय किसानले संघ, प्रदेश र स्थानीय तहले आफ्नो समस्या बुझेर राहतको व्यवस्था गर्नुपर्ने आशामा छन् । गत कात्तिक १ गतेदेखि परेको बेमौसमी वर्षातको कारण बाँकेमा झण्डै ६० प्रतिशत धानमा नोक्सान गरेको छ भने नरैनापुरमा पनि सोही अनुपातमा क्षति गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन् । उनले किसानले काटेर राखेको धान खेतमै उम्रिएको बताए ।

    शाखा प्रमुख भण्डारीले कात्तिक महिनाको सुरुमै परेको बेमौसमी झरीका कारण पालिकामा ६ हजार ३ सय ८५ हेक्टर जमिनको धानबाली नष्ट भएको जानकारी दिए । उनले यसबाट करिव ५० करोड नोक्सानी भएको तथ्यांक निकालिएको बताए । प्रति हेक्टर ४ दशमलव १५ टन उत्पादन हुने सो क्षेत्रमा ६ हजार ३ सय ८५ हेक्टरमा लगाइएको धान बाली नष्ट हुँदा पालिकाको ५१ करोड बराबरको क्षति भएको हो । धानबाली लगाएका कुनै पनि किसानले बिमा नगरेको शाखा प्रमुख भण्डारीले बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.