चितवन । चितवन मेडिकल कलेज (सिएमसी) का नर्सहरुले अस्पतालमा भर्ना भएका बिरामीलाई तिहारको भाईटीका लगाईदिएका छन् । तिहारको दिन अस्पताल बस्न बाध्य भएका बिरामीलाई दिदीबहिनी बनेर उनीहरूले सप्तरंगी टीका लगाईदिएका हुन् ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार नर्सहरूले अस्पतालका सबै वार्डमा रहेका बिरामीलाई तिहारको टीका लगाएर आत्मियता प्रकट गरेका हुन् ।








