• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पाकिस्तानी पत्रकारले  अनुभूत गरेको अफगानिस्तानको कहालिलाग्दो अवस्था

  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    –आसिफ खान तुर्क     म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ।

    पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा रहेको खैयबार पास पार गरेपछि जलालावाद हुँदै काबुल पुग्न सकिन्छ। जलालावाद काबुल नजिकैको सहर हो, तालिवानले यो सहर नियन्त्रणमा लिएपछि तत्कालीन अफगानी राष्ट्रपति असरफ घानी मुलुक छाडेर बाहिरिएका थिए।

    पछिल्लो समय अफगानिस्तानमा रोटीका लागि बालिका बेचिएको घटना सुन्दा आङ सिरिङ्ग हुन्छ। कतै दन्त्यकथा सुनेको पो हो कि भन्ने अनुभूति पनि हुन्छ। हामी बच्चा हुँदा सय वर्षअघि यसरी नै मानव बेचबिखन हुन्थ्यो रे भन्ने कथा सुन्थ्यौं, त्यसैको पुनरावृत्ति पो हो कि भन्ने भान हुन्छ।

    गत साता मात्र बीबीसी, सिएनएनलगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियामा चरम गरिबीले गर्दा अफगानिस्तानका विपन्न परिवारले छोरीहरु बेचेको कथा प्रकाशित भए। त्यहाँको बाद्गिस प्रान्तको एक परिवारले खानेकुरा किन्ने पैसा जुटाउन नौ वर्षीया बालिकालाई बेहुलीका रुपमा ५५ वर्षीय व्यक्तिलाई बेचेको थियो, जुन कथा हृदयविदारक थियो। विवाहको नाममा ती बालिकामाथि कति चरम शोषण भयो होला, त्यसको कल्पना मात्र गर्न सकिन्छ।

    सात जनाको परिवारका लागि छाक जुटाउन कुनै उपाय नभएपछि सो परिवारले ती बालिकालाई बेचेको जनाएको छ। बेचिएकी ती बालिकामाथि अब परिवारको कुनै हकअधिकार छैन। ५ सय अमेरिकी डलरमा बेचिएकी ती अबोध बालिकाले अनेक अत्याचार र पीडा खपेर जिन्दगी बिताउनुपर्ने निश्चित छ।

    तलिवान सत्तामा आएपछि अफगानिस्तानको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्था तहसनहस भएको छ। रोजगारीको कुनै उपाय छैन। बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी निकायको बैंक एकाउन्ट फ्रिज भएको छ। एकाधबाहेक त्यहाँ कुनै पनि विदेशी एजेन्सीको त्यहाँ उपस्थिति देखिँदैन।

    तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका थाहा छैन। सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ। केही काम गर्छु भन्नका लागि पनि कि त सरकारी ढुकुटीमा पैसा हुनुपर्छ, कि त विदेशी निकायले पत्याउनुपर्छ। यी दुवै अवस्था अफगानिस्तानमा छैन।

    शिक्षामा पनि तालिवानले आफ्नै फरमान जारी गरेको छ। केटीहरुलाई सहशिक्षाका रुपमा कलेज जान वञ्चित गरिएको छ। यसरी केटीहरुलाई स्कुल जान वञ्चित गरिएपछि उनीहरुको भविष्य अन्धकार हुने निश्चित छ। स्वास्थ्य, उद्योगधन्दालगायत उत्पादनमूलक क्षेत्रको स्थिति पनि नाजुक छ।

    अहिलेसम्म तालिवानले कुनै पनि अन्तर्राष्ट्रिय समुदायको साथसहयोग पाएको छैन। कुनै पनि देशले तालिवान सरकारको समर्थन गरेका छैनन्। यतिसम्मकि सबैभन्दा नजिकको छिमेकी देश पाकिस्तानले पनि तालिवान सरकारलाई समर्थन जनाएको छैन। लोकतन्त्र र मानवअधिकारको विपक्षमा रहेको तालिवान सरकारले यस्तो समर्थन पाउने सम्भावना पनि न्यून छ। त्यसैले, अफगानिस्तानमा रहेका नागरिकमा त्रास, अन्योल र द्विविधा रहेको छ।

    त्यहाँ अहिले खाद्यान्न संकट गहिरो बन्दै गएको छ। अफगानिस्तानका करिब १ करोड मानिस चरम भोकमरीको समस्यामा रहेका अनुमान छ। सुन्दा अचम्म लाग्न सक्छ, त्यहाँका विपन्न वर्ग मात्र होइन, मध्यम वर्गले पनि खाद्य संकटको सामना गरिरहेका छन्।

    मैले अफगानिस्तानमा रहेका पत्रकार तथा साथीभाइसँग कुराकानी गर्दा खानेकुरा अभाव भएपछि मध्यम वर्गीय परिवारले पनि आफ्नो जायजेथा बेच्न थालिसकेका छन्। घरमा राखिएका टिभी, फ्रिज, वासिङ मेसिन आदि सस्तो मूल्यमा बेचेर खानेकुरा जुटाइरहेका छन्।

    म पाकिस्तानमै बसेर अफगानिस्तानमा भएका घटनाको ‘अपडेट’ नियमित लिइरहेको छु। तीन महिनाअघि तालिवानले सत्ता हत्याएपछि त्यहाँ दिनानुदिन संकट चुलिँदै गएको छ। त्यहाँ काम गर्ने स्थानीय तथा अन्तर्राष्ट्रिय पत्रकारलाई ज्यादै ठूलो जोखिम छ। ज्यानै जाने खतरा देखिएपछि अधिकांश पत्रकारले सक्रिय पत्रकारिता छाडेर पलायन भएका छन्। तालिवान सत्तामा आएपछि अफगानिस्तानमा एक जना पत्रकारको हत्या हुनुका साथै ३० जनाभन्दा बढी पत्रकारमाथि हातपात तथा हिंसात्मक घटना भएका छन्।

    राष्ट्रिय वा अन्तर्राष्ट्रिय मिडियामा काम गर्ने स्थानीय पत्रकारले अफगानिस्तानमा भएको दयनीय अवस्थाको रिपोर्टिङ गर्न आनाकानी गर्छन्। त्यहाँ तालिवानले गरेको कतुर्त कुनै पनि अन्तर्राष्ट्रिय मिडियामा आयो भने पत्रकारको ज्यान नै जोखिममा पर्न सक्छन्। त्यही भएर पनि पछिल्लो समय अफगानिस्तानमा चर्किएको भोकमरीको समस्या, तालिवानले महिलामाथि जारी गरेको कडा कानुनलगायत विभिन्न विषयबारे अन्तर्राष्ट्रिय मिडियामा थोरै मात्र समाचार पढ्न पाइन्छ।

    अहिले काबुलबाट चार्टरबाहेक सीमित देशहरुका लागि मात्र अन्तर्राष्ट्रिय उडान हुन्छ। अन्तर्राष्ट्रिय समुदायबाट ‘आइसोलेटेड’ भएको छ अफगानिस्तान। सकेसम्म धेरै मानिस देश छाडेर अन्यत्र जान चाहन्छन्। अलिकति पहुँच भएका व्यक्तिहरु युरोप र अमेरिकामा पुगिसकेका छन्।

    अहिले अफगानिस्तानमा रहेका नागरिक अनिश्चयको भूँमरीमा तड्पिएका छन्। कति बेला के हुन्छ? केही थाहा छैन। तालिवान सरकारले देशलाई कता लगेर भड्खालोमा जाक्ने हुन् कि भन्ने संशय छ। नागरिक स्वतन्त्रता, मौलिक स्वतन्त्रता र मानवअधिकारलाई बन्धक बनाइएको छ।

    केही दिनअघि एकजना अफगानी साथीसँग कुरा भएको थियो। मैले त्यहाँको के छ खबर? भनी सोधेको थिएँ। अन्यमनस्क भावमा उनले भन्यो–के खबर हुनु र, जिन्दगी अनिश्चितताको भुँमरीमा फसिरहेको छ। त्यसपछि मलाई उनीसँग धेरै लामो कुराकानी गर्ने ‘मुड’ चलेन। मैले मनमनै प्रार्थना गरेँ–अफगानी नागरिकले यो दुर्दिनबाट छिट्टै मुक्ति पाऊन्।

    (पाकिस्तान पेसावारका पत्रकार आसिफसँग न्युज कारखानाले गरेको कुराकानीमा आधारित)

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.