• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइनको ८५ प्रतिशत काम सम्पन्न

  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवा-लुम्बिनी क्षेत्रमा विद्युत्‌काे अभाव हटाउन छ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको हो ।

    आयोजनाका अनुसार अहिलेसम्म करिब ८५ प्रतिशत काम पूरा भएको छ । अहिले मैनहिया सबस्टेशनमा ३० वटा टावर ठड्याइएको छ । टावर आएसँगै केही महिनादेखि रोकिएको काम सुरु भइसकेकाे छ । अब भारतबाट ३३ केभीएका दुईवटा ट्रान्सफर्मर आउन बाँकी छ । आगामी डिसेम्बरसम्म ट्रान्सफर्मर आइसक्ने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।

    ‘अब ट्रान्सफर्मर जडान गरिसकेपछि विद्युतीय तार बिछ्याउनका लागि अन्डरग्राउन्डको काम सुरु हुन्छ, मंसिरमा अन्डरग्राउन्डको काम सुरु गर्नेगरी तयारी गरिरहेका छौं’, उनले भने । अन्डरग्राउन्डको काम सुरु भएको तीन महिनापछि आयोजना निर्माण पूरा हुने पाण्डेले बताए ।

    भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा-लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रहरुमा प्रयाप्त विद्युत पुग्नेछ । योगीकुटीबाट सवस्टेशन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्नेमा ५५ वटा पोलका लागि फाउन्डेशन बनिसकेको छ । अब एउटा पोलको मात्र फाउन्डेशन निर्माण गर्न बाँकी छ ।

    फाउन्डेशन सकिएलगत्तै पोल गाडिनेछ । आयोजना सुरु भएलगत्तै चार वर्ष जग्गाधनीको अवरोध र बाँकी दुई वर्ष कोरोना महामारीका कारण आयोजना लम्बिन पुगेको पाण्डेले बताए ।

    सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब २० करोड छ । आयोजना सुरु हुनासाथ विद्युत् विस्तारका लागि जग्गा प्राप्ति गर्ने क्रममा स्थानीयले असहयोग गर्दा ढिलाइ हुन पुगेको आयोजना प्रमुख पाण्डे बताउँछन् ।

    बुटवल-लुम्बिनी १३२ केभी यो आयोजनाबाट लुम्बिनी क्षेत्र र अमुवाका लागि एक एकवटा र भैरहवामा औद्योगिक फिडरका लागि ३३ केभीएका दुईवटा ट्रान्समिशन लाइन जडान हुनेछन् ।

    त्यस्तै तिलोत्तमा नगर क्षेत्र र स्थानीयका लागि ११ केभीएका दुईवटा ट्रान्समिशन लाइन जडान हुनेछन् । आयोजनाका प्रशासन प्रमुख नवीन आचार्यले एउटा फाउन्डेशन निर्माणमा जग्गा विवादले रोकिन पुगेको र अब विवाद हटिसकेको र फाउन्डेशनको काम सकिएलगत्तै पोल गाड्ने काम सुरु हुने बताए ।

    भैरहवा-लुम्बिनी क्षेत्रमा धेरै पहिलेदेखि विद्युत्‌को समस्या रहँदै आएको छ । प्रसारण लाइन नहुँदा भारतबाट आयातित विद्युत् भैरहवावासीले प्रयोग गर्दै आएका छन् । अब यो आयोजना बनेपछि विद्युत् समस्या हट्ने सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद लामिछानेले बताए ।्

    आर्थिक वर्ष २०७२/०७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो । तिलोत्तमावासीले सडक छेउबाट विद्युत् लैजाँदा मानवीय जोखिम हुने भन्दै मोनोपोल विस्तार गर्न दिएनन् । जसका कारण प्रसारण लाइन विस्तारको काम दुई वर्षसम्म रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर विद्युत् विस्तार थालिए पनि स्थानीयले फेरि अवरोध गरे । त्यो अवरोध पनि सहमतिमा टुंगिएकाले आयोजना अगाडि बढेको हो ।

    यस रूटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिँदा आयोजनाले केही महिना समस्या झेलेको थियो । लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरेअनुसार विद्युत् दिन सकिरहेको छैन । विद्युत लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.