• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

डेढ अर्बको भ्यु टावर : निर्माण अवधि सकिन दुई महिना बाँकी, काम जम्मा ५० प्रतिशत

  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । दमक-३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्बभन्दा बढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यसकारण पनि दमकको भ्यु टावर राष्ट्रिय चर्चाको विषय भन्यो ।

    कोरोना महामारीका कारण जारी पहिलो लकडाउनमा झापाका सबै आयोजना काम ठप्प हुँदा समेत दमकको भ्यु टावर निर्माण रोकिएन । लकडाउनमा पनि काम नरोकिएको आयोजनाको काम भने सम्झौता गरिएको मितिमा नसकिने निश्चित भएको छ । निर्माण सम्पन्न गर्नु पर्ने म्याद दुई महिना मात्र बाँकी रहँदा भ्यु टावर निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरले जनाएको छ । एक सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणको म्याद २७ पुस २०७८ सम्म मात्रै छ । तर, काम भने ५० प्रतिशत मात्र सकिएको सघन सहरी तथा भवन निर्माण कार्यालय भद्रपुरका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । भ्यु टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साईराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

    कोरोनाकालमा धमाधम काम गरे पनि कोरोना कै कारण भ्यु टावरको काम समयमा नसकिएको खतिवडा बताउँछन् । ‘कोरोना महामारीका कारण भ्यु टावर निर्माणको काम समयमै सकिएन । अहिले सातौँ तलाको निर्माण भइरहेको छ,’ उनले भने, ‘विभागले म्याद थप्ने हो । एक वर्ष जति थपिएला कि ! कोरोनाका कारण निर्माणमा समस्या आएको हो । एक वर्ष थपिनु उचित नै हुन्छ ।’ कोरोना कालमा काम भए पनि त्यसले गति लिन नसकेको उती बताउँछन् । ‘कोरोनाले लकडाउन भएको समयमा काम त भयो । तर, मजदुर नपाउने, भनेको बेलामा निर्माण सामग्री नपाउने समस्याका कारण कामले गति लिन सकेन,’ उनी भन्छन्, ‘यद्यपिऽ अहिले धमाधम काम भइरहेको छ ।’

    सघन सहरी तथा भवन निर्माण कार्यालयले महामारीको समयमा मजदुरको अभाव भएको बताए पनि भ्यु टावर निर्माणस्थल छेउकै सुकुम्बासी भने आफ्नै आँगनमा भ्यु टावर निर्माण हुँदा पनि रोजगारी नपाएको गुनासो गर्छन् । बाहिरका मान्छे ल्याएर काम गराएर आफूहरुलाई रोजगारी पनि नदिएको सुकुम्बासीको गुनासो छ । ‘घरै छेउमा यति ठूलो भ्यु टावर बन्दै छ । तर, हामी काम खोज्न बाहिर जानुपर्‍यो,’ उनी भन्छन्, ‘लकडाउनमा पनि घरमै बस्यौँ । तर, भ्यु टावरमा हामीलाई काम दिइएन । यस्तो पनि कहीँ हुन्छ ?’

    घर छेउमा पर्यटक ल्याउनका लागि एक सय मिटर अग्लो भ्यु टावर निर्माण हुँदैछ । तर, सुकुम्बासीको मन खुसी छैन । सुकुम्बासीलाई त्यहाँबाट उठ्नु पर्ने हो कि भन्ने चिन्ता छ । ‘यहाँ त होमस्टे बन्छ रे ! कतिले त यहाँबाट तिमीहरु हट्नुपर्छ पनि भन्दैछन्,’ सुकुम्बासी भीमकुमारी विक भन्छिन्, ‘हामी त ऐलानीमा बसेको । अलिअलि माटो त भ्यु टावरमा गयो । आँगनमा भ्यु टावर बनेर के गर्नु हामीलाई हटायो भने त समस्या हुन्छ । कहाँ गएर बस्नु । त्यसकारण हामी खुसी छैनौँ ।’

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.