• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

संरक्षित क्षेत्रमा वनैभरी पासो, बिना तस्करको बिगबिगी

  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी जंगली जनावर मार्न पासो थापिएको छ । तस्करहरूले बिनाको तस्कर गर्न कस्तुरी मार्ने उद्देश्यले जंगलमा पासो थापेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले वनगस्ती गर्ने क्रममा पासो फेला पारेको हो । हालसम्म १७५ वटा जाल फेला पारिसकेको मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

    उनका अनुसार गस्ती अभियान अन्तर्गत पहिलो दिन ४१ वटा, दोस्रो दिन १०० र तेस्रो दिन ३४ वटा जाल फेला पारेको छ । ‘तस्करहरूले बिना तस्करी गर्नका लागि पासो थापेको देखिन्छ । कस्तुरीको बिनाकै खोजीका लागि थापेको हो,’ उनले भने, ‘भालेको बिना काटेर लगेको अवस्था थियो । रेड फक्स चाहीँ कस्तुरीको लागि थापेको पासोमा झुक्किएर परेका हुन् ।’ जंगलमा छवटा कस्तुरी र दुईवटा रेड फक्स मृत फेला परेको छ । तिमध्ये चारवटा पोथी र दुईवटा भाले कस्तुरी छन् । भाले कस्तुरीसँग मात्र बिना हुन्छ ।

    चाडवाडको मौका छोपेर त्यस क्षेत्रमा चोरी सिकारी बढेको प्रहरीले जनाएको छ । तस्कर भने फेला परेका छैनन् । ‘तस्कर भेटेका छैनौं । जता पनि पासैपासो छ,’ अधिकारीले भने, ‘हामीले शंकास्पद व्यक्तिमाथी निगरानी बढाएका छौं । तस्करहरूको ठूलै समूह भएको अनुमान गरेका छौं ।’ विशेषगरी कागबेनीमाथिको निच्चा जंगलमा कस्तुरीलाई पासो थापिएको हो । पहिलो दिन लुप्रा पाखामा दुईवटा कस्तुरी र एउटा रेड फक्स फेला परेको थियो ।

    दोस्रो दिन तीनवटा कस्तुरी भेटिएको र तेस्रो दिन एउटा रेड फक्स मृत अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कस्तुरीको बिना निकै महंगो मुल्यमा बिक्री हुन्छ । दैनिक ३० देखि ४० जनाको टोलीले गस्ती गरिरहेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले जानकारी दिए । ‘दैनिक गस्ती गरिरहेका छौं । सोमबार चाहिँ कस्तुरी भेटिएन, पासो मात्र भेटियो,’ उनले भने, ‘अब करिब जंगल पासोमुक्त भएको छ । क्लिन बनाएका छौं ।’

    मंगलबार पनि प्रमुख जिल्ला अधिकारीसहित १५ जनाको टोली गस्तीमा गएका छौँ । लकडाउन खुलेपछि नै जंगलमा पासो थापिएको हुनसक्ने अनुमान गरिएको छ । ‘पासोको अवस्था हेर्दा धेरै पुरानो होइन । यही एक डेढ महिनाभित्र हालेको देखिन्छ,’ बराल भन्छन्, ‘मुस्ताङकै मान्छेको सहयोग बिना कसैले यति ठूलो अपराध गर्ने आँट गर्दैन । यहाँका मान्छेले पासो नथापे पनि तस्करलाई सहयोग गरेका छन् । यो निकै दुखद् कुरा हो ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.