चितवन । भरतपुर महानगरपालिकाको अग्रसरतामा निमार्ण गरिएको भरतपुर कोरोना अस्पताल बन्द भएको छ । कोरोना संक्रमण सुरु हुनुभन्दा अघि महानगरको नेतृत्वमा ७२ घण्टा भित्र निर्माण गरिएको अस्पताल बन्द गरिएको भरतपुर अस्पतालले बिज्ञप्ति जारी गरि जनाएको छ । निर्माणको समय देखिनै बिबादमा फस्दै आएको अस्पताल बन्द भएको हो । भरतपुर अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै कोरोना अस्पताल बन्द गरिएको जनाएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।श्रीराम तिवारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजिटिभ बिरामीहरुलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरी उक्त कोरोना विशेष (अस्थायी) अस्पताल बन्द गरिएको छ ।’ सुरक्षाको दृष्टिकोणले उक्त अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने अस्पतालले जनाएको छ ।









