• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अपांगता भएकी अम्मराको पीडा : उपचार गरेपछि झनै समस्या भयो

  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी । पुर्चौडी नगरपालिका–६ स्वाडीकी अम्मरा साउद २३ बर्षकी भइन् । उनी जन्मजात अपांगता भएकी व्यक्ति हुन् । उनको बाँया खुट्टा र बाँया आँखाले काम गर्दैनन् । बाँया आँखाले पटक्कै नदेख्ने र बाँया खुट्टा पनि पटक्कै नचल्ने उनी बताउँछिन् । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर छ । त्यसमाथि १९ बर्षअघि नै घरको मूली बाबुको मृत्यु भएपछि उनी बेसहार झंै बनेकी छिन् । उनका दाजुले ज्याला मजदुरी गरेर कमाएको पैसाले बिहान बेलुका हातमुख जोड्नसम्म मुस्किलेले पुगेको छ ।

    घरमा दाजु, भाउजु र वृद्धा आमा उनै एक जनाको कामाइको भरमा छन् । पटक पटक उपचारका लागि पुर्चौडी नगरपालिकासँग अनुरोध गरेकी अम्मराले गत आर्थिक बर्षमा उपचार खर्च बापत ५० हजार प्राप्त गरेकी थिइन् । उक्त रकम साथ लिएर उनी उपचारका लागि गत माघमा काभ्रेको बनेपास्थित अपांग बाल अस्पताल पुगेकी थिइन् । त्यहाँ एक महिनासम्म अस्पतालमा भर्ना भइन् । एक लाखभन्दा बढी खर्च गरेर अम्मराको खुट्टाको अप्रेसन भयो । अप्रेसनपछि उनलाई ११ चैतमा पुनः अस्पताल आउन भनिएको थियो ।

    तर, गाडीभाडा समेत जुटाउन नसक्दा बनेपा अस्पताल जान पाइनन् । बनेपा अस्पताल हिँडेकी अम्मरा धनगढीसम्म मात्रै पुग्न सकिन् । उनले कैलालीमा रहेको पद्मा अस्पतालमा १० हजार खर्च गरी खुट्टाको प्लास्टर निकालिन् । त्यसपछि घर फर्केकी उनलाई अहिले विगतकोभन्दा बढी समस्या भएको छ । पीडित साउदले भनिन्, ‘म उपचार गर्नुअघिसम्म बैशाखी टेकेर १–२ घण्टा हिड्न सक्थेँ । अप्रेसन गरेपछि झनै समस्या भएको छ । अहिले घरबाहिर आउन समेत समस्या हुन्छ । मेरो खुट्टामा हालेका रड र किलाहरू बिझाउँछन् ।

    दोश्रो पटक अस्पताल आउनु भनेकोमा पैसाको अभावका कारण अस्पताल जान सकेकी छैन् । घरमा कसैको कमाई छैन् । मेरो पीडा बुझेर कसैले धेरथोर रकम आर्थिक सहयोग गरिदिए आभारी हुने थिए ।’ नगरपालिकाले पनि पटक पटक सहयोग गर्न सकिँदैन भनेको उनले बताइन । अहिले बैशाखी टेक्न समेत समस्या भइरहेको साउदले सुनाइन् । अहिलेसम्म उपचारका लागि बझाङ अस्पताल, जोगबुडा अस्पताल र काभ्रेको बनेपा अस्पताल पुगे पनि उपचार सम्भव नभएको उनले बताइन् ।

    अम्मराका दाई गोरे साउद दैनिक भारी बोक्ने काम गर्छन् । भारी बोकेको ज्यालाले दैनिक छाक टार्ने गरेका छन् । बर्षाका बेला चुहिने घरमा बस्ने अम्मराको परिवारको आर्थिक अवस्था नाजुक रहेकाले उपचार गर्न सक्ने अवस्था छैन् । अपांगता भएकी अम्मरा साउदलाई आर्थिक सहयोग गर्न चाहेमा मोबाइल नम्बर ९८४२१९०३४२ मा सम्पर्क गर्न सक्नेछन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.