• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    सुनसरी । सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् ।

     पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तैयुब हुसेन र जगदिश कुसियतले पार्टीलाई निजी कम्पनीजस्तो सेयर होल्डर बाँडेर चलाएको आरोप लगाएका हुन् ।

    उनले पार्टी तैयब हुसेन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन् ।’

    चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारबाही गर्नसमेत माग गरेका छन् । पार्टीमा विधि पद्धतिको कुरा गर्ने तर व्यवहारमा टिके प्रथालाई मान्यता दिने कार्यले आम कार्यकर्ता निराश भएको बताए ।

    पार्टीको केन्द्रीय सदस्यलाई अध्यक्षता गर्न लगाएर बैठक भाँड्न खोजेको आरोप लगाए । उनले बैठकमा जेठ २ लाई आधार मानेर रमेश बस्नेत वा संस्थापन पक्षले जिल्ला अध्यक्ष तोकेको रेवती रमण भण्डारीलाई अध्यक्षता गराउनु पर्ने यदि यसमा पनि सहमति नभए दुवैलाई अध्यक्षता मान्नु पर्ने माग राखेका थिए ।

    जिल्ला अध्यक्ष दाबी गर्ने दुई नेताहरूभन्दा बाहेक तेस्रो नेताको अध्यक्षतामा महाधिवेशन आयोजक समिति घोषणा गर्ने कार्य विधान विपरीत भएको भन्दै एमाले सुनसरी लगाम बिनाको गोडा भएको समेत बताए ।

    उनले भने ‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त वहाँ हुनुपर्‍यो,’ उनले भने, ‘कि त रेवती भण्डारीले नेतृत्व गर्दै आउनुभएको छ, वहाँको अध्यक्षतामा कार्यक्रम हुनुपर्‍यो ।’ त्यसो नहुँदा आफ्नो अध्यक्षतामा भए पनि कार्यक्रम गर्न सकिने विकल्प राख्दै उनले केन्द्रीय सदस्यलाई अध्यक्षता गराउनु गलत भएको बताए ।

    विवादबीच जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा

    पार्टीमा देखिएको समस्या समाधान नगरी पार्टीले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । जिल्ला सदरमुकाम इनरुवास्थित ओम साई पार्टी प्यालेसमा आयोजक संयुक्त बैठकले नेता खेमराज पोख्रेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो ।

    कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत रहेका छन् । यस्तै सचिवमा पर्शुराम यादव र सत्रुघन यादव रहेका छन् । उपसचिवमा लिलम बस्नेत र लोकेश निरौला रहेका छन् ।

    रेवती रमण भण्डारी र रमेश बस्नेतलाई संयोजक नबनाई तेस्रो व्यक्तिलाई संयोजक बनाएर अधिवेशन आयोजना गर्ने सहमति अनुसार पोख्रेललाई संयोजकको जिम्मेवारी दिइएको हो ।

    भण्डारी पक्षको जिल्ला कमिटीका ४६१ जना सदस्यहरू आयोजक कमिटी सदस्यमा परिणत भएको छ भने बस्नेत पक्षका जिल्ला कमिटीको नामावली संलकन भइरहेको जिल्ला कमिटी सदस्य रवि खनालले जानकारी दिए ।

    धरानका जेठ २ पक्षले गरे बैठक बहिष्कार

    संयुक्त बैठकलाई जेठ २ पक्ष रहेका धरानका जिल्ला सदस्यहरूले भने बहिष्कार गरेका छन् । आज बिहान होटल ड्रिमल्याण्डमा बसेको बैठकले १० बुँदे, पार्टी निर्णय र कार्यदलको निर्णय विपरीत कमिटी गठन हुने गरी बसाएको बैठक वैध नहुने भन्दै बहिष्कार गर्ने निर्णय गरेको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.