सिराहा । सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमानाकाबाटै फर्काएको छ । आज९मंगलवार० दिउँसो तीन बजे उनी सिरहाको ठाडी नाकाबाट भारत जान लागेकी थिइन्।सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीले भारतले आफ्नो देश छिर्न खुला गरेको नाका नभएकाले ठाडीबाट प्रवेश गर्न नदिइएको बताए।उनले भारत प्रवेश गर्न निकै प्रयास गरे पनि सफल नभएपछि लाहानतर्फ फर्किएको सुरक्षा स्रोतको भनाइ छ । गिरी चालक र गाडीसहित सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । सुरक्षागार्ड समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रवेश गर्न लागेकी थिइन् । प्रहरीले लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै फर्काएको हो । भारतले आफ्नो दावी गर्दै आएको लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समेटेपछि गिरीले त्यसको विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनीविरुद्ध सडकमा निरन्तर प्रदर्शनहरु भएका थिए।








