चितवन । चितवनमा आज ३३ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार १०१ पुगेको छ । त्यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २६ हजार ७२२ पुगेको छ ।
आज जिल्लाभर सक्रिय संक्रमित २४३ जना रहेका छन् । उनीहरुमध्ये २३२ जना होम आइसोलेसनमा छन् भने ११ जना अस्पतालमा रहेका छन् ।








