चितवन । चितवनमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्षको पाँच महिनामा ५० जनाले आत्माहत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलय प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाका अनुसार विष सेवनबाट ८ जनाले र झुण्डिएर ४१ जनाले ज्यान गुमाएका हुन् । जसमध्य १७ जना पुरुष र २९ जना महिला रहेका छन्। भने ४ जना बालबालिका रहेका छन्। माघ र फागुन महिनामा १७ जनाले ज्यान गुमाएका छन्। जसमध्य ४ जनाले बीस सेवन गरेर र १३ जनाले झुन्डिएर आत्महत्या गरेका छन्।
थापाकानुसार लकडाउनका समयअवधिमा भने ३२ जनाले आत्महत्या गरेका छन्। जस मध्य ४ जनाले विष पिएर र २८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन्। विगतको तुलनामा हेर्ने हो भने लकडाउनको समयमा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । गत अर्थिक वर्ष ०७५ र ०७६ लाई हेर्ने हो भने १५७ जनाले आत्महत्या गरेका थिए।








