चितवन । आइतबार विभिन्न कार्यक्रम गरि विश्वभर ११० औ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । राजनितिक तबरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्रा्ष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
यो दिवस सर्वप्रथम् १९०९ फेब्रुवरी२८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्रा्ष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२० मा आइपुग्दा बिश्वभर ११० औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाईंएको छ ।
हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन । यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ ।








