काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार १०६ र एन्टिजेन विधिबाट १ हजार ८८७ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १८ हजार ३५ र एन्टिजेनबाट ९५ हजार २२३ जना पुगेको छ । यस्तै, आज थप २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ९१६ जना पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।








