• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सदरमुकाममा अनुगमन, म्याद गुज्रेका सामान ग्रामीण भेगमा छयाप्छ्याप्ती

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर। चाडपर्वका बेला ग्रामीण क्षेत्रमा म्याद गुज्रिएका, अस्वस्थ र सडेगलेका दैनिक उपभोग्य वस्तुको बिक्री हुने गरेको छ । पर्व आउन लाग्दा सहर र सदरमुकाममा अनुगमन बढी हुने भएपछि बिक्री गर्न गाह्रो हुने वस्तु व्यापारीहरूले अनुगमन नहुने ग्रामीण क्षेत्रमा पठाउने गरिएको छ । ग्रामीण क्षेत्रमा सडक विस्तारसँगै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वस्तुको बिक्री हुने गरेको छ ।

    सहर र सदरमुकाममा उपभोक्ता सचेत भएकाले व्यापारीले खान अयोग्य चाउचाउ, बिस्कुट, पेय पदार्थ र म्याद गुज्रिएका औषधिको बिक्री ग्रामीण क्षेत्रमा गर्न थालेका छन् । दसैंअगावै सदरमुकाम गाईघाट, बेल्टार र कटारीमा मात्र बजार अनुगमन गरिएको छ । तर, अनुगमन गरिरहेकै बजारमा थोक बिक्रेताले म्याद गुज्रिएका, प्रयोग गर्न नमिल्ने र सडेगलेका दैनिक उपभोग्य वस्तु ग्रामीण क्षेत्रका बजारमा पठाउने गरेका छन् । सामान्य लेखपढ गरेका सर्वसाधारणलाई थाहा नहुँदा ती सामान खरिद गरी उपभोग गर्ने गरेका छन् ।

    मुख्य बजारका अधिकृत बिक्रेताले ग्रामीण बजारमा खाद्यान्य, कपडा, पेय पदार्थ लगायतका वस्तु पठाउने गरेका छन् । अधिकृत बिक्रेता कहाँ आइपुग्दै म्याद सकिने र थोरै समय भएका वस्तु ग्रामीण बजारमा पठाउने गरेको पाइन्छ । दसैंतिहारलाई लक्षित गरेर थोक बिक्रेताले खाद्यान्य, कपडा, साबुन, स्याम्पु, कपालमा लगाउने तेल, दन्तमञ्जनलगायतका वस्तु महिना दिनअगावै ग्रामीण क्षेत्रमा पठाउने गर्दछन् । तर, कतिपय वस्तुको म्याद दसैंअगावै सकिएको हुन्छ । ग्रामीण क्षेत्रका उपभोक्ता ती सामान प्रयोग गर्न बाध्य हुने स्थानीयवासीको भनाइ छ ।

    गाउँ घरका व्यापारीले महिनौं पहिलेदेखि नै दसैंतिहारलाई लक्षित गरी अत्यावश्यक वस्तुको जोहो गर्ने गर्दछन् । सर्वसाधारण खरिद गरेर लाग्ने समयसम्म ती वस्तुको म्याद सकिएको हुन्छ । उपभोक्ता शिक्षा नहुँदा गाउँका सर्वसाधारण सचेत छैनन् । सर्वसाधारणले प्रयोग गर्ने वस्तु चुस्तदुरूस्त हुनु पर्छ भन्ने राज्यले कानुन बनाउन सकेको छैन ।

    त्यसैले उपभोक्ता सचेत नहुँदा व्यापारीहरूले त्यसको फाइदा लिँदै ग्रामिण भेगमा म्याद सकिएका अखाद्य वस्तु पुर्‍याएर बिक्री गर्ने गरेको पाइन्छ । बजार अनुगमन एक वर्षमा एक दिन दसैँअघि मात्र हुने गरेकाले पनि व्यापारीहरूले म्याद गुज्रिएको सामान ग्रामिण भेगमा रहेको ससाना बजारमा पठाउने गरेको पाइन्छ । बजार अनुगमन गर्ने जिम्मा स्थानीय प्रशासन र स्थानीय तहलाई दिएको छ ।

    तर, स्थानीय तहले बजार अनुगमन नगर्दा यस्तो समस्या आएको उपभोक्ताहरूको गुनासो छ । स्थानीय प्रशासन र स्थानीय तहले बजारको अनुगमन नगर्दा उपभोक्ताहरू अखाद्य वस्तु प्रयोग गर्न बाध्य रहेको रौतामाई गाउँपालिकाका भरत दाहालले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.