• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

फोहाेर प्रशोधन केन्द्र बनाउने २१ वर्षको योजना अलपत्र

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । बुटवल उपमहानगरपालिकामा दैनिक ६० टन फोहाेर उत्पादन हुन्छ । यसमध्ये ७० प्रतिशत फोहाेर कुहिने छ भने ३० प्रतिशत नकुहिने अर्थात् प्रशोधन हुने खालको छ । तर पश्चिम क्षेत्रको मुख्य बजार बुटवलमा अहिलेसम्म फोहाेर प्रशोधन केन्द्र छैन ।

    २१ वर्षअघि २०५६ मा बुटवल उपमहानगरपालिकाले अगाडि सारेको फोहाेर प्रशोधन केन्द्रको योजना अझै साकार भएको छैन । आर्थिक वर्ष २०५६-५७ को बजेटमा आन्तरिक  स्रोतबाट स्थायी प्रशोधन केन्द्र निर्माण गर्ने नीति नगरपालिकाले बनाएको थियो । त्यसपछि केही वर्ष बजेट विनियोजन पनि भयो, तर काम अगाडि बढेन ।

    सन् २०१० मा एसियाली विकास बैंकसँग ३७ करोड लागतको ८३ टन फोहाेर प्रशोधन गर्ने क्षमता भएको प्रशोधन केन्द्र बनाउन सम्झौता भयो । तर स्थानीय बासिन्दाको अवरोधका कारण उक्त योजना पनि अगाडि बढ्न सकेन ।

    मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनामार्फत सन् २०१५ डिसेम्बरसम्म निर्माण सक्ने भनिए पनि स्थानीयले बनाउनै नदिएपछि सन् २०१८ मा आयोजना फिर्ता गयो । देवदह चरंगेबासीको अवरोधले भनभनेमा बनाउने भनिएको फोहाेर प्रशोधन केन्द्रको योजना फिर्ता गएको हो ।

    स्थानीय चुनावपछि बुटवल र देवदह नगरपालिकाबीच छलफल पनि भयो । छलफलमा भारतको भ्रमण गराउने र आधुनिक प्रशोधन केन्द्र देखाउने बुटवल उपमहानगरले प्रस्ताव राखेको थियो । तर चरंगेबासीले त्यो प्रस्तावलाई अस्वीकार गरिदिए । स्थानीयले नमाने पनि जनप्रतिनिधि भ्रमणमा गएर त्यहाँको भिडियो ल्याएर देखाएका थिए । तर पनि यो आयोजना अघि बढ्न सकेन ।

    अहिले बुटवल उपमहानगरसहित सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको साझेदारीमा सैनामैना-१० मा झन्डै एक अर्वको लागतमा फोहाेर प्रशोधन केन्द्रको निर्माण थालिएको छ । तर, कहिले प्रशोधन केन्द्र निर्माण सकिन्छ ? टुंगो छैन ।

    उपमहानगरले अहिले तिनाउ नदी किनारमा फोहाेर फाल्दै आएको छ । प्रशोधन केन्द्र नभएकाले बाध्यतावश तिनाउ नदी किनारमा फोहाेर फाल्नु परेको उपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए । उपमहानगरले तिनाउ पूर्वी किनार काँडेघारीदेखि मझुवासम्मको क्षेत्रमा फोहाेर फाल्दै आएको थियो । तर उक्त ठाउँ भरिएपछि अहिले भने नदीको पश्चिम किनारमा फोहाेर फाल्न थालिएको छ ।

    फोहराेका कारण प्रदूषण बढ्दै गएपछि नदी किनारका बासिन्दा पटकपटक नगरपालिकामा डेलिगेसन पनि गएका छन् । “प्रशोधन केन्द्र नहुँदा हामीसँग नदी किनारमा फोहर फाल्नेबाहेक अरु विकल्प छैन”, वरिष्ठ अधिकृत लुइँटेलले भने ।

    अब सैनामैनामा बनाउने भनिएको नयाँ प्रशोधन केन्द्र निर्माण हुन कम्तीमा पनि दुई वर्ष लाग्ने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । “आयोजना ठूलो भएकाले समय लाग्नु  स्वाभाविक हो, कम्तीमा पनि दुई वर्ष त पर्खनै पर्‍यो”, उनले भने । रुपन्देहीमा रहेका १६ वटा स्थानीय तहमध्ये कुनैमा पनि फोहf]र प्रशोधन केन्द्र निर्माण भएका छैनन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.