• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हराउँदै कोदो र फापर खेती

  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । सरकारले अनुदानका कार्यक्रम चलाउँदा पनि झापामा काेदो र फापर खेती हराउँदै गएको छ । विगतमा जिल्लाका विभिन्न ठाउँमा फापर र कोदो उत्पादन हुँदै आएको थियो । तर, बर्सेनि यसको खेती घट्दै गएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । फापर झापाको रैथाने बाली हो ।

    झापामा बर्सेनि रैथाने बाली फापरको उत्पादन घट्दै गएको छ । कृषि ज्ञानकेन्द्र झापाका तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/०७६ मा एक हजार ६४० हेक्टरमा फापर खेती हुँदै आएको थियो । उक्त आर्थिक वर्षमा एक हजार ७२२ मेट्रिक्टर फापर उत्पादन भएको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा घटेर एक हजार हेक्टरमा एक हजार ५० मेट्रिक्टन फापर उत्पादन भएको उनले बताए ।

    यस्तै, खेती गर्ने क्षेत्रफल घटेर आर्थिक वर्ष ०७७/०७८ मा नाै सय हेक्टरमा आएको ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा नाै सय मेट्रिक्टन मात्र फापर उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ । फापरले बजार पाउन छाडेपछि खेती गर्न छाडिएको कृषक बताउँछन् ।

    ‘विगतमा फापरको बजार थिएन । बल्ल फापर बिक्न थालेको छ । तर, उत्पादन कम हुन्छ । लगानी पनि नउठेपछि खेती कसरी गर्ने ?,’ कमल-३ का कृषक भोजकुमार चापागाईं भन्छन्, ‘बरू यो समयमा मकै र हिउँदे धान लगायो भने उत्पादन राम्रो हुन्छ । फापरको सट्टा त धान, मकै लगाउन थालियो ।’

    फापर मुख्यतः रोटीका लागि प्रयोग गरिन्छ । नेपालमा रोटी खाने संस्कार एकदम न्यून हुँदा फापरले बजार पाउन छाडेको ज्ञान केन्द्र झापाका प्रमुख सिंहले बताए । ‘मानिसहरू रोटीभन्दा खाना नै खान्छन्,’ उनले भने, ‘बजारमा फापरको माग एकदम न्यून छ । मूल्य पनि खासै पाउँदैन । बजार नपाएपछि फापर उत्पादन घट्दै गएको छ ।’

    फापर मंसिरमा लगाएर फागुनसम्ममा उठाउने गरिन्छ । यो समयमा मकै र हिउँदे धान लगाइने भएका कारण पनि फापर घट्दै गएको ज्ञानकेन्द्र प्रमुख सिंहले बताए । ‘फापरभन्दा मकै र धानको उत्पादन धेरै हुन्छ । त्यसकारण हिउँदमा पनि धान र मकै खेती गर्नेको संख्या बढेको छ,’ उनले भने, ‘झापामा अहिले सिंचाइ धेरै ठाउँमा हुने भएकाले हिउँदमा धान खेतीतर्फ नै कृषकको आकर्षण छ ।’

    फापरमात्र हैन झापामा कोदोको उत्पादन पनि बर्सेनि घट्दै आएको छ । जिल्लाको उत्तरी क्षेत्रमा लगाइने कोदो बर्सेनि घट्दै गएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७५/०७६ मा एक हजार ८०५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको थियो । उक्त क्षेत्रफलमा २५ सय २७ मेट्रिक्टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा उत्पादन क्षेत्रफल घटेर एक हजार १२ हेक्टरमा कोदो लगाइएको ज्ञान केन्द्रले जनाएको छ । उक्त क्षेत्रफलमा एक हजार ३०५ दशमलव ४८ मेट्रिक्टन कोदो उत्पादन भएको ज्ञानकेन्द्रको तथ्यांकमा उल्लेख छ ।

    यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा एक हजार हेक्टर क्षेत्रमा कोदो लगाइएको थियो । उक्त क्षेत्रफलमा एक हजार ३ सय मेट्रिक्टन कोदो फलेको ज्ञान केन्द्रले जनाएको छ । साउन अन्तिमदेखि भदौमा लगाएको कोदो मंसिर अन्तिमसम्ममा पाक्छ । कोदोको रोटी, ढिँडो र घरायसी मदिरा बनाउन प्रयोग हुन्छ । तर, पछिल्लो समय कोदोले बजार पाउन छाडेपछि बाली हराउँदै गएको ज्ञानकेन्द्र प्रमुख सिंहले बताए । कोदो, फापरलगायत लोपाेन्मुख बालीमा अनुदानको कार्यक्रम चलाइरहेको सिंहले बताए । ‘यी बालीमा अनुदान, औँजारमा अनुदानलगायतका प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ । तैपनि बाली बर्सेनि घटिरहेको छ,’ उनले भने ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.