चितवन । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा पाँच जनालाई कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार १ सय ५१ नमुना मध्ये उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये मध्यविन्दु नगरपालिका वडा नम्बर १४ नवलपुर वस्ने वर्ष २५ र वर्ष ४५ का पुरुष,देवचुली १ नवलपुर वस्ने वर्ष १९ का पुरुष,विनयत्रिवेणी २ नवलपुर वस्ने वर्ष २१ का पुरुष र देवचुली ७ नवलपुर वस्ने वर्ष २९ का पुरुष सहित जम्मा ५ जनामा कोभिड–१९ पुष्टी भएको हो । वांकी १४६ वटा नमुनाको नतिजा नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।








