• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अछामका स्थानीय तह रैथाने बालीको संरक्षणमा

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अछाम । अछामका स्थानीय तहले रैथाने बालीको संरक्षणका लागि बनाएको कार्यक्रम प्रभावकारी बनेका छन् । कोदो, भटमासलगायतका रैथाने बाली संरक्षण गर्दै उत्पादन बढाइ कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । अछामका सबै स्थानमा सिँचाइ सुविधा छैन ।

    सिँचाइको सुविधा नभएको स्थानमा कोदो बाली लगाउने गरिएको छ । बीचमा कोदोको खेती गर्ने क्रम घटेको थियो । तर, स्थानीय सरकारले रैथाने बाली संरक्षणको अभियान चलाएपछि यसको खेती गर्ने क्रम फेरि बढेको छ ।

    चौरपाटी, रामारोशन, मेल्लेख, मंगलसैन लगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ । किसानहरू अहिले कोदो काट्न र सङ्कलन गर्न व्यस्त भएको मंगलसैनका धनसरा ढुङ्गानाको भनाइ छ । अछामको चौरपाटी गाउँपालिकामा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा कोदो पर्दछ ।

    पौष्टिक तत्व धेरै मात्रामा पाइने कोदो स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । रैथाने बालीका रूपमा रहेको कोदोको परिकारप्रति स्थानीयवासीको मात्र हैन, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको चौरपाटी अछामका भक्त कामीको भनाइ छ ।

    अछाममा तीन हजार ४०४ हेक्टर क्षेत्रमा कोदो खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ । चौरपाटी गाउँपालिकाले रैथाने बालीको संरक्षणको लागि फलेको कोदो, कुटेको धान कार्यक्रम सञ्चालन गरेको छ । यसबाट रैथाले बाली संरक्षण पनि हुने र जमिन पनि बाँझो नरहने गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद बताए ।

    अछाममा वर्सेनि लगभग ३२ सय ३१ दशमलव नौ मेट्रिक टन कोदो तथा ४३२ मेट्रिक टन भटमास उत्पादन हुने गरेको छ ।

    विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ
    तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
    सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.