चितवन । चितवनमा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४३० पुगेको छ । त्यस्तै, आज थप १४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा १४ जनाको पीसीआर परिक्षणबाट कोरोना पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २६ हजार ८८६ पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमित १८० जना रहेका छन् ।
उनीहरुमध्ये १७० जना होम आइसोलेसनमा छन् भने १० जना अस्पतालमा रहेका छन् । यता, आज १४ जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार २७६ पुगेको छ ।








