• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भारतले अनुमति नदिएपछि नेपाली भूमि हुँदै जनगणनाको टोली छाङरु र तिंकरतर्फ हिँड्यो

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ ।

    भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि हालसम्म अनुमति नदिएपछि स्वदेशकै बाटो भएर टोली उक्त क्षेत्रतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

    जनगणना कार्यालय दार्चुलाका सहायक जनणना अधिकारी र कार्यालय सहयोगी लोकेन्द्र टेर उक्त क्षेत्रमा जनगणनाका लागि गएका छन् । गणकले जान नसक्ने भनेपछि आफूहरूमात्र गएको सहायक जनगणना अधिकारी कार्कीले बताए ।
    ‘जनणनाका लागि गएका छौँ । आज बेलुका ब्यास गाउँपालिका–२ दुम्लिङ बास बस्ने र भोलि उक्त क्षेत्रतर्फ जाने योजनामा छौँ, कार्कीले भने ।

    दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा बाटो अवरुद्ध भएकाले जान सक्ने अवस्था भए जाने नभए फिर्ता हुने उनको भनाइ छ । ‘महाकाली नदी किनारको मुलबाटो पूर्ण रूपमा भत्किएको छ रे, डाँडा चढेर जान सकिने भए जान्छाैँ, नसकिने अवस्था भए फिर्ता हुन्छौँ’,  उनले भने ।

    जान सक्ने नभएमा सुपरिवेक्षकले ल्याएको फोन नम्बरमा सम्पर्क गरी यतैबाट सोधपुछ गरी जनगणना गरिने जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेको भनाइ छ । छाङरु गाउँमा ८१ र तिंकर गाउँमा ३२ गरी त्यस क्षेत्रमा ११३ परिवार रहेको उनले बताए ।

    ब्यास गाउँपालिका–१मा पर्ने पाँचगाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जीगाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

    छाङरु पुग्ने नेपालको बाटो वर्षादको बेला महाकाली नदीको कटानले तथा भारतले विस्तार गरिरहेको धार्चुला–लिपुलेक सडकका कारण ठाउँठाउँमा अवरुद्ध छ । नेपालतर्फ बाटो नभएकाले स्थानीयदेखि त्यस क्षेत्रमा पुग्ने नेपाली सुरक्षाकर्मीहरू समेत भारतको अनुमित लिएर जाने गरेका छन् ।

    अनुमति दिएमा अतिक्रमित गाउँको जनगणना हुने आशंका

    प्रशासनले गणकको लागि यात्रा अनुमति मागेको विषयमा उच्च स्तरलाई जानकारी गराएको भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानले भारती यपत्रिका अमर उजालालाई प्रतिक्रिया दिएका छन् ।

    नेपालतर्फ गुञ्जी, कुटी र नाभिको पनि जनगणना गर्ने चर्चा भएकाले गणकलाई यात्राको अनुमति दिएमा उक्त क्षेत्रसम्म पुग्न सक्ने भारतले आशंका गरेको छ ।

    भारतको धार्चुला तहशिलबाट करिब ७० किलोमिटर उत्तरमा रहेको छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रवेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवश्यक हुन्छ ।
    छियालेकभन्दा माथिल्लो क्षेत्र प्रवेश गर्नेलाई भारत तिब्बत प्रहरी (आईटीवीपी) ले यात्रा अनुमति जाँचदेखि कडा चेकजाँच गर्ने गरेको छ ।

    भारतको छियालेकबाट करिब पाँच किलोमिटर अघि नेपालीगाउँ छाङरु जाने महाकाली नदीमाथी काठको पुल छ । उक्त नाकालाई सीतापुल भनिन्छ । छियालेक क्षेत्रमा यात्रा अनुमतिपत्र देखाएर भारतको गरब्याङ गाउँ पुगेकाहरूले पुनः सिता पुलनाकामा रहेको एसएसबीले अनुमतिपत्रलगायत चेकजाच गरी नेपाल प्रवेश दिन्छ ।

    गत २५ कात्तिकबाट सुरू भएको १२औँ राष्ट्रिय जनगणना ९ मंसिरमा समापन हुँदै छ । न्युज कारखाना

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.