देवघाट, तनहुँ:देवघाट गाउँपालिकाको विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको छ। नेपालको धार्मिक स्थान भनेर देश तथा बिदेशमा परिचीत देवघाटधाममा पछिल्लो समय सवारी साधन वृद्धि संगै बढ्दो सहरीकरणले दिन प्रति दिन जनघनत्व वृद्धि भएको छ ।
यसरी प्रतिकुल अवस्थामा हरेक कुराको वृद्धि भइ रहदा सवारी साधनको चाप पनि बढिरहेको हुनाले कुनै पनि चोरिचकरी अप्रिय घटना नहोस् भनेर देवघाट ईलाका प्रहरी कार्यालयले ट्राफिक सचेतना मुलक कार्यक्रम तथा प्रहरी साझेदारी कार्यक्रम पनि पहिला नै संचालन गरि जनमानसमा ट्राफिक नियम सम्बन्धि जानकारी पनि दिइ सकेको र फेरि पनि विभिन्न संघ सस्था संग समन्वय गरि देवघाट ईलाका प्रहरी कार्यालयको आयोजनामा छिट्टै ट्राफिक सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज उज्वलराज सिलवालले बताउनु भयो।
सो उहाँले सवारी साधन चालकहरुलाई विभिन्न तरिकाले पहिला सम्झाई बुझाई गर्दा पनि अलि अटेर गर्न थाले पछी चेकजाँचलाई अलि कडाइ गर्नको लागी दमौलीबाट नै ट्राफिक प्रहरी संघ समन्वय गरि देवघाट ईलाका प्रहरी कार्यालयमा एक जना ट्राफिकको माग गरि चेकजाँच लाई कडाइ गरेको उहाँले बताउनु भएको थियो। सोही अनुरुप एक जना ट्राफिक देवघाट ईलाका प्रहरी कार्यालयमा आएको थियो । साथै उहाँले आज होलिको दिन विभिन्न स्थानमा कडा चेकजाँच संगै इच्छा बिपरित रङ्ग दल्ने,मापासे गरि सवारी साधन चलाउने र होहल्ला गर्ने ब्याक्तीहरुलाई विशेष निगरानी राखी कडा कारबाही गर्ने उहाले बताउनु भएको छ।
देवघाट ईलाका प्रहरी कार्यालयले पहिले देखि नै चेकजाँच गर्ने गरेको र कारबाहीमा परेका सवारी साधनलाई चिट काट्ने अधिकार जनपथ प्रहरीलाई नहुदा पहिला चिट कट्नको लागि कहिले आपटारी र कहिले जुगेडि पठाउनु पर्ने भएकोले पनि अहिले यो समस्य नभएको र चित काट्न पनि सहज भएको देवघाट इलाका प्रहरी कार्यालयका इन्चार्ज सिलवाले बताउनु भयो।
साथै उहाँले सवारी साधनलाई कारबाही गरेर मात्र राजस्व संकलन गर्न उदेश्य नभई जो कोहि कुनै पनि तरिकाले दुर्घटना नहोस् र दुर्घटना हुनाबाट सबैलाई सजग गर्ने उद्देश्यको साथ चेकजाँच कडाइ गरेको समेत बताउनु भयो।
देवघाट गाउँपालिकाको विभिन्न स्थानहरू देवपुर चोक,टाउन चोक,पुलको मुख र घिनटार चोकमा दासढुङ्गा पुल लगाएत विभिन्न स्थानमा चेकजाँचभइ आएको छ। फागुन १ गते देखि फागुन २६ हते सम्म बस १ वटा,ट्रक १० वटा,जिवकार १४ वटा,ट्याक्टर १२वटा र अन्य ५ वटा गरि जम्म ७६ वटा सवारी साधन कारबाही गरि ५७ हजार बराबरको राजस्व संकलन गरिएको र १ सय भन्दा बढी सवारी साधनलाई सम्झाई बुझाई गरि पठाएको ट्राफिक प्रहरी जवान प्रकाश अधिकारीले जानकारी दिनु भयो।








