चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ३०० पुगेको छ । चितवनमा सकिृय संक्रमितको संख्या २ सय भन्दा कममा झरेको छ ।
जसमध्ये १५७ होम आइसोलेसनमा छन् भने १० जना अस्पतालमा छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानाकारी अनुसार आज ९बुधवार० दिउँसो सम्ममा चितवनमा सकिृय संक्रमितको संख्या १६७ जनामा झरेको हो । पछिल्लो २४ घण्टामा चितवनमा कसैलाई पनि कोरोना पुष्ठी भएको छैन ।
यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ८९६ पुगेको छ । चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४३० पुगेको छ ।








