• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    संखुवासभा । खगेन्द्र अधिकारी (भूमि) २०३७ साल वैशाखमा संखुवासभाको चैनपुर नगरपालिका–२ तिखेढुंगामा जन्मिएका हुन् । देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोहअवरोह पार गरेको बताउँछन् ।  मुलुक परिवर्तन गर्ने सोचसहित माओवादी युद्धमा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेका छन् ।

    अधिकारी लाहुरे बन्न खोज्दा छापामार भएका बताउँछन्  ।  कक्षा ८ पास गरेपछि अधिकारीलाई प्रहरी–सेनामा जाने सोच पलायो । सानैदेखि बन्दुकसहित युनिफर्ममा हिँडेको देख्दा लोभिन्थे ।  एकदिन सेना बन्छु भन्ने लाग्थ्यो रे खगेन्द्रलाई । उनले कक्षा ८ पास गर्नेबित्तिकै नागरिकता बनाइसकेका थिए । २०५६ सालमा शारदा माविमा कक्षा ९ मा पढ्दै थिए ।

    गाउँघरमा भुसको आगो जस्तै माओवादीको चर्चा हुन थालेको थियो ।  पारिगाउँका बद्रिहाङ लिम्बू गाउँमा आए । उनले माओवादीबारे बताए । माओवादीमा प्रवेश गरे सेना हुन पाउने भनेर फकाए । उनले खोजेको त्यही थियो ।  प्रफुल्ल भए । अनि गाउँस्तरका माओवादी कार्यकर्ता बने । त्यसपछि उनी गाउँका नेता नै भए ।

    गाउँमा हुने विवाद र अन्यायविरुद्ध उनी सक्रिय भए । सामाजिक विकासका काममा पनि अगुवाइ गर्न थाले । बद्रीहाङ लिम्बूको प्रेरणाबाट उनी माओवादी बने ।  बद्रीहाङसहितका अरू नेता आउनेजाने क्रम बढ्न थाल्यो ।  २०५७ सालमा बिमल नामका कार्यकर्ता सिन्धुपाल्चोकबाट आए । उनलाई जिल्लाबारे जानकारी दिने र बाटो देखाउन थाले । अनि विजय साम्पाङ र पदम राई विकास (पूर्वराज्यमन्त्री) का टोली आउन थाले । भेटघाट बाक्लिँदै गयो ।

    २०५७ सालतिर सिद्धकालीमै रातिराति गाउँका युवा जम्मा गरेर तालिम गराउन थाले ।  त्यसपछि पढाइ छोडे । त्यतिबेलासम्म होलटाइमर माओवादी बनिसकेका थिए । अधिकारीले २०५८ सालमा महिमका धनाढ्यको धन्सार फोडेर धान, मकै र कोदो किसानलाई बाँडिदिएको उनी सुनाउँछन् । ‘त्यसपछि पूर्णरूपमा घर छाडेर हिँडेँ ।  काकाको छोरा र मसँगै हिँडेका थियौँ । पछि ऊ सोलखम्बुको भिडन्तबाट बेपत्ता भयो, अहिलेसम्म अत्तोपत्तो छैन’, उनी भन्छन् ।

    माओवादी राजनीतिक सेना 

    माओवादी सेना सर्वहारा वर्गको मुक्तिका लागि लड्ने राजनीतिक सेना भनेर प्रशिक्षण दिइन्थ्यो । उनी ठिकै मान्थे । गाउँघरमा धनी–गरिबको विभेद, जातीय विभेद, धार्मिक विभेद र साहु महाजनले गर्ने विभेदबारे तालिममा सिकाइन्थ्यो ।  माओवादीको सरकार आएपछि आमूल परिवर्तन हुने आश्वासन दिइयो । उनीहरूलाई कमाण्डर र कमिश्नारसहितले प्रशिक्षण दिन्थे ।

    पूर्वीकमाण्डका सैन्य कमाण्डर रामबहादुर थापा बादल थिए । संखुवासभामा सैन्य प्रशिक्षण दिन मणि थापा र वर्षमान पुन आएका थिए ।  पाँचथरमा लिम्बूवानको भेलालाई प्रशिक्षण दिन घोडा चढेर प्रचण्ड र बाबुराम भट्टराई आएका थिए । त्यसपछि ओखलढुंगाको रुम्जाटारमा अग्नि सापकोटाले प्रशिक्षण दिए ।

    पहिलो आक्रमण चैनपुर

    माओवादी लडाकु बनेपछि पहिलोपटक ठूलो आक्रमणमा सहभागी हुन उनी चैनपुर गए । २४ वैशाख २०५९ मा  चैनपुरस्थित सशस्त्र प्रहरीको क्याम्प हान्ने रुटको गाइडको काम उनैले जिम्मेवारी निभाए । चैनपुरको क्याम्प हान्न चार समूह तयारी थिए । एउटा समूहमा कम्तीमा १२० जनाभन्दा माथि बढी लडाकु थिए ।  ‘मैले मादीबाट आउने रुटको नेतृत्व गरेको थिएँ’, उनले भने, चैनपुरदेखि केही तलको वरको रूख छेउमा खाजा लुकाएका थियौँ ।’
    सशस्त्र प्रहरीले चैनपुर क्याम्पमा मादीका राजन कार्कीको टोलीलाई समातेर राखेको थियो ।

    उनी पार्टीका पत्रकार थिए । चैनपुर क्याम्प हानेर प्रभाव विस्तारको दाउमा थियो विद्रोही । चैनपुर क्याम्प कब्जा गर्न सके त्यो क्षेत्र नै आफ्नो नियन्त्रणमा आउने विश्वास पार्टीले गरेको थियो । ‘तर, चैनपुर क्याम्प कब्बा गर्न सकेनौँ’, उनले विगत स्मरण गरे ।   त्यसपछि संखुवासभाबाट ११ दिन हिँडेर दोलखा पुगे । रातदिन १८/२० घण्टा हिँड्नुपर्थ्याे ।  त्यसपछि उनी दोलखामै सक्रिय भए । त्यहाँ २ नम्बर कम्पनीका कमाण्डर संखुवासभाकै बाबुराम राई (विवश) थिए ।

    घाइते जिन्दगी

    ‘म पनि त्यही कम्पनीमा परेँ ।  त्यसपछि २०५९ साल कात्तिकमा रौतहटको कर्मैया क्याक्प हान्ने जाने योजना बन्यो । तर, योजना चुहिएपछि सिन्धुलीको भिमान क्याम्पमा हमला भयो’, उनले सरसर्ती सुनाउँदै गए, ‘त्यहाँ २५÷२६ जना साथीहरू मारिए । त्यसपछि ओखलढुंगाको रुम्जाटार क्याम्प हानेँ ।  त्यहाँ म  घाइते भएँ। मेरो दाहिने आँखाले नदेख्ने भयो । देब्रे आँखाको भित्रि रानी कोरिएको छ ।  टाउको र शरीरका विभिन्न भागमा अहिले पनि छर्रा छ ।  त्यहाँबाट पनि निकै समय जनसेनामै काम गरेँ । तर, आँखा नै नदेख्ने भएपछि ठूलो समस्या भयो । काम गर्नै नसकेपछि जिल्ला फर्किएँ । २०६१ देखि जिल्ला कमिटीमा आबद्ध भएर राजनीतिक काम थालेँ ।

    जिल्लामा एरिया सेक्रेटरी (तत्कालीन दुई÷तीन गाविस प्रमुख) भएर बसेँ । शान्तिप्रक्रियापछि नेकपा माओवादी छाडेर मोहन वैद्य किरण समूहमा पुगेँ ।  जिल्लाबाट वैद्यका साथीहरू नेत्रविक्रम चन्द विप्लवतिर जाँदा पनि एक्लै रुँघेर बसेँ । वैद्यले पुनः चुनावमा जाने बताएपछि चित्त नबुझेर पहिले पुनः नेकपा माओवादी पार्टीमै फर्किएँ ।’ अहिले उनी माओवादी कन्द्रे संखुवासभाको सचिवालय सदस्य छन् ।

    मर्ने डर लागेन 

    जनयुद्धका क्रममा सेना प्रहरीको क्याम्प हान्ने भन्ने पूर्वयोजना बनाइन्थ्यो ।  कमाण्डरहरूले राम्ररी सम्झाएर प्रशिक्षण दिन्थे ।  राजनीतिक सेना भएकाले मर्ने र मार्ने भन्ने डर हुन्नथ्यो । कहिल्यै मर्न डर लागेन । क्याम्प हान्न जाने दिन साथीभाइबीच नाचगान र अरू रमाइलो गरिने उनले सुनाए । लडाइँमा जानुअगाडि आफ्नो सन्देश रेकर्डिङ गरिन्थ्यो ।  बाँचे भेटौँला मरे मेरो सन्देश घर पुर्‍याइदिनु भन्ने हुन्थ्यो त्यो रेकर्डमा । यदि मरिहाले उक्त रेकर्ड सन्देश उसको घरमा पुर्‍याउने गरिन्थ्यो । लडाइँमा औषधि खाएर जान्छन् भन्ने सुनिन्थ्यो । उनी भन्छन्, ‘तर त्यो सत्य होइन। लडाइँमा जाँदा कहिल्यै औषधि खाएनौँ । घाउचोट लाग्यो भने रगत रोकिने औषधि खान्थ्यौं ।

    जहाँ मरेर बाँचे

    राजेन्द्रकुमार किराती (प्रवेश) जी कमिसार हुनुहुन्थ्यो ।  म एचक्ययु सेक्सन कमाण्डर (जासुस–इन्टेलीजेन्ट) थिएँ ।  पाँचथरको गोपेटारको अप्ठ्यारो गौंडामा एम्बुस राख्ने योजना भयो ।  म एउटा आँखा देख्दिनँ थिएँ ।  एउटा आँखा अलिअलि देख्थेँ । मलाई सेना आउँछ कि भनेर हेर्ने र खबर गर्ने जिम्मा थियो । केही परबाट खुट्टा बजेको संकेत पाएँ ।

    यता साथीलाई खबर गरेँ । तीन/चार घण्टामा पनि एम्बुस गाडेर सक्नुभएन । म राइफल ताक्दै ब्याक सर्दै थिएँ । म भीरको डिलमा आइपुगिसकेछु ।  सेनाले एक्कासि फाइरिङ गर्‍यो । मैले पनि फाइरिङ गरे । तर, तीन राउण्ड हान्नेबित्तिकै राइफल जाम भयो । उता, सेनाको एकजनालाई गोली लागेछ र अलमलियो । म पनि लुकेँ । यता, साथी भागे ।  म भागेर साथीहरूले दिएको संकेत ठाउँमा धेरै समयपछि पुगे ।  भित्र साथी राइफल पनि गुम्यो, मान्छे पनि मर्‍याे भनेर गफ गरिरहेको सुनेँ । सबैले मलाई मर्‍याे भनेर माया मारेका थिए तर जिउँदै पुगेँ ।

    गोपेटार आक्रमण 

    पाँचथरको भोटेगाउँ भन्ने ठाउँमा बिहान तालिम गर्दै थियौँ । विद्यालय गहिरो र एकान्त ठाउँमा थियो । केही तल सेना आएको खबर पाइयो ।  म जासुस थिए ।  म हेर्दै गए ।  सेनाको टोली खाना पकाउँदै रहेछ ।  माथिबाट राइफल पडकाउनुप¥यो भनेर एक्लै गएको थिए ।  तर, मलाई नै सेनाले घेरा हालिसकेको रहेछ । त्यहाँ फाइरिङ भयो ।  म भागे । मलाई साथीहरूको सम्पर्क पुग्न दुई दिन लाग्यो । साथीहरूले फाइरिङमा मर्‍याे भन्ने सोचेछन् । म जिउँदै साथीहरूको सम्पर्कमा पुगे । ओखलढुंगाको रुम्जाटारमा घाइते भएर फर्किँदा खोटाङको बाक्सिलास्थितमा हेल्थपोष्टमा गए ।  फर्केर बजारमा खाना खान लाग्दै थिए । बजारमा फायरिङ भयो । साथीहरूले मलाई मर्‍याे भन्ने सोचेछन् ।

    म ब्याक भएर रुम्जाटार नै फर्किए ।  त्यहाँ सेनाले स्थानीय दुईजनालाई मारेछन् ।  म साथीहरूको सम्पर्कमा पुगे । रुम्जाटार घटनामा घाइते भएपछि एउटा आँखाले नदेख्ने भयो । अर्कोले अलिअलि देखिन्थ्यो ।  आँखाले अत्यन्तै पीडा दियो । यति धेरै दुख्ने कि भनेर साध्य छैन। पार्टी नेताले बेवास्ता गरेको उनी सुनाउँछन् । म सामान्य पार्टी सदस्य मात्रै थिएँ। अहिले बुझ्दा त्यहाँ पनि चाकडी चल्दोरहेछ, उनले सुनाए पदम राई र राजेन्द्र कार्की लगायतका नेतालाई धेरैपटक भने । पठाउन अप्ठेरो छ मात्रै भन्नुभयो तर पठाउनुभएन ।

    आँखा दुखेर अन्यन्तै पीडा भएपछि पार्टी छोडेर घरको पाखोबारी बेचेर उपचार गर्छु भनेर आउन लागेको थिए ।  कमाण्डर हुनुहुन्थ्यो सिन्धुलीका प्रवीन लामा। उनले भारतमा उपचारका लागि पठाए । डाक्टरले रोग नै पत्ता लगाउन सकेनन् । आँखामा किरा परेको भन्दै औषधि दिन थाल्यो । मेरो आँखाभित्र छर्रा थियो । आँखा झन् नदेख्ने भए ।  त्यसपछि नेपाल फर्किए ।  त्यसपछि फेरि उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पतालमा पठाए, उनले थपे, डाक्टरले आँखामा छर्रा भएको पत्ता लगाए ।  सबै भिडियो गरेर प्रहरीलाई जिम्मा लगाउने भने सुने । डाक्टरलाई बोलाएर पार्टीले पठाएको हो उपचारका लागि प्रहरीलाई भने राम्रो हुँदैन भनेपछि डाक्टरले भनेनन् । उपचार गरेर फर्किएँ ।

    राहत सुविधामा समेत विभेद

    शान्ति प्रक्रियापछि खुला राजनीतिमा लागे उनी । सशस्त्र युद्धका घाइते अपांगता भएकाहरूलाई नेपाल सरकारबाट २०६५ सालताका एकपटक एक लाख रुपैयाँको प्याकेज पाए । गतवर्षदेखि बालबालिकालाई छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा पेस गरेका थिए । तर, अहिलेसम्म अत्तोपत्तो छैन । गत वर्ष नै स्थानीय शान्ति समितिको सिफारिसमा निःशुल्क स्वास्थ्य चेकजाँचका लागि बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर चेक जाँच गरे । त्योबाहेक अरू केही पाएको छैन । मभन्दा सामान्य घाइते साथीले पनि सहयोगीसहितका मासिक जीवन निर्वाह भत्ता पाइरहेका छन्’, उनले भने, ‘मैले नेताको चाकडी नै नगरेकोले नै यस्तो भयो ।’

    राजनीतिले पीडा 

    सर्वहारा वर्गको मुक्तिको लागि भनेर जीवन सुम्पिएँ ।   पार्टीभित्र पूर्ण कार्यकर्ता बनेर बस्दा कुनै अछुतो लागेन ।  जब शान्त्रि प्रक्रियापछि पार्टी खुुला राजनीतिमा आयो । त्यसपछि पीडामाथि पीडा मात्रै थियो ।  २०६४ सालमा पार्टीले सरकारको नेतृत्व गरेपछि ठूलो आशा थियो । जनयुद्धका घाइते अपांगता भएकालाई उचित व्यवस्थापन गर्नुपर्छ भनेर पटकपटक सिंहदरबार धाए । केही सुनुवाइ भएन ।  अहिले घाइते जीवन जीउन बाध्य भएको छु । राजनीतिले पीडा मात्रै दिएको अनुभूति हुन्छ, उनी भन्छन्, पार्टीले हामी जस्ता सोझा कार्यकर्ता प्रयोग मात्रै गरेछ जस्तो लाग्छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.