चितवन । यातायात कार्यलय भरतपुरमा लाइसेन्स नविकरण सुरु भएको छ । आइतवार परिक्षण स्वरुप ८ वटा लाइसेन्स नबिकरण गरेर प्रक्रिया सुरु भएको हो । कार्यलय प्रमुख बिनोद पौडेलका अनुसार ०७८/५/०३ गतेको निर्णय अनुसार आइतवारबाट नविकरण सुरु भएको हो ।
पौडेलका अनुसार नया लाइसेन्स जारि गर्ने कार्य पनि छिट्टै सुरु हुने प्रक्रियामा छ। यस्तै कार्यलयमा बढ्दो चापलाइ मध्यनजर गरेर अनलाइन टोकन सेवा पनि सुरु गरिदै छ ।
सुरुवातमा कोटा प्रणालिमा सेवा सुरु गरेको भए पनि आगामि दिनमा यसको बिस्तार गर्ने योजना रहेको पौडेलले बताउनु भएको छ । यस्तै भरतपुरमा सेवा सुरु भएपछि सवारि नविकरणका निम्ति जिल्लाबाहिर जानुपर्ने बाध्यता समेत हटेकोले सवारि धनिलाइ राहत मिल्ने प्रमुख पौडेलको बिस्वाश रहेको छ ।








