• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत

  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

    १४औं जिल्ला अधिवेशनको निर्वाचनका लागि जिल्ला निर्वाचन समितिले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निवर्तमान पार्टी सभापति दीपक जंग शाह अध्यक्ष रहेको नेपाली कांग्रेस जाजरकोटको कार्यदलले सहमति, सर्वस्वीकार्य तथा सहकार्यको माध्यमबाट नेपाली कांग्रेस, जाजरकोटलाई एकताबद्ध बनाउन आइतबार दिनभर प्रयास गरेको थियो ।

    कार्यदलको विशेष अभ्यास पश्चात् नेपाली कांग्रेस जाजरकोट पार्टी सभापति सिंहलगायत सिङ्गो  कार्यसमिति, प्रदेश क्षेत्र (क) र (ख) का क्षेत्रीय समितिका सभापति लगायत महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेस, जाजरकोटले दिएको जानकारी अनुसार सभापतिमा सिंह, उपसभापतिमा रत्न खड्का र खडक बिसी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा तेजविक्रम शाह र हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त र खडक बिसी निर्विरोध निर्वाचित भएका हुन् ।

    कोषाध्यक्षका लागि भने निर्वाचित जिल्ला कार्यसमिति सदस्यबाट सभापतिले मनोनीत गर्ने प्रावधान भएको हुँदा अहिले नै आधिकारिक रूपमा टुङ्गो लागि नसकेको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ । कोषाध्यक्ष पदको आकांक्षीमा पत्रकार भीम बहादुर सिंह, जनक केसीलगायत रहेका छन् ।

    नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) ले गरेको व्यवस्था अनुसार नगरपालिकाबाट दुई जना र गाउँपालिकाबाट एक जना जिल्ला कार्यसमितिमा प्रत्यक्ष निर्वाचित गरिने प्रावधान अनुसार नै जिल्ला कार्यसमितिलाई निर्विरोध निर्वाचित गरिएको छ । पार्टी विधान अनुसार सभापतिले मनोनीत गर्ने सदस्यसहित २७ सदस्यीय जिल्ला कार्यसमिति चयन हुने छ ।

    प्रदेश क्षेत्र (क) को क्षेत्रीय सभापतिमा लीलाबहादुर शाह निर्वाचित भएका छन् । प्रदेश क्षेत्र (ख) को क्षेत्रीय सभापतिमा जनकराज शर्मा निर्वाचित भएका छन् । दुई वटै प्रदेश क्षेत्रका क्षेत्रीय समिति पनि २७ सदस्य रहने व्यवस्था भएको नेपाली कांग्रेस जाजरकोटले जानकारी दिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.