हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ हेभीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडकमा पहिरो गएपछि हेटौंडा जाने र आउने सवारी बैकल्पिक मार्ग भएर संचालनमा आउनुपर्ने अवस्था आएको प्रहरीले जानकारी दिएको छ । सडक सुचारु गर्ने प्रयास भईरहेको प्रहरीको भनाई छ ।








