• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बिर्तामोडदेखि भद्रपुरसम्म चार लेनको सडक

  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झाप । बर्तिामोदेखि झापाको सदरमुकामसम्मको यात्रा निकै कष्टकरपूर्ण छ । भत्किएको धुलाम्मे सडकका कारण बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढीसम्मको यात्रामा यात्रुले निकै कष्ट भोग्दै आएका छन् । तर, अब भने सदरमुकाम चन्द्रगढीसम्म चार लेनको सडक बन्ने भएको छ ।

    यसअघि बिर्तामोडको मुक्ति चोकदेखि हचर्ना कल्भर्टसम्म चार किलोमिटर सडक चार लेनको बनेको छ । उक्त सडक २७ करोड नाै लाख ७० हजारमा निर्माण भएको हो । बाँकी आठ किलोमिटर पनि चार ठेक्का लागेर धमाधम काम भइरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । बिर्तामोड-भद्रपुर सडकखण्डअन्तर्गतर बाँकी आठ किलोमिटर सडकको स्तरोन्नतिसहित चार लेनको सडक बनाउन गतवर्षको माघमा ठेक्का सम्झौता भएर काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी अनुप साउदेनले जानकारी दिए ।

    उनका अनुसार उक्त सडक निर्माणको ठेक्का कोनटेक प्रालि काठमाडौंले लिएको छ । ६ माघ २०७७ मा ५८ करोड दुई लाख २२ हजारमा ठेक्का सम्झौता भएको हो । यसको काम ५ भदौ २०८० सालसम्ममा सक्नुपर्ने उनले बताए । यद्यपि, सोचेअनुरूप काम नभएको उनको भनाइ छ ।

    ‘हालसम्म १० प्रतिशत मात्र काम भएको छ । यो अपेक्षा अनुरूप हैन । गत वैशाखमा कोरोनाका कारण लकडाउन हुँदा काम गर्न केही समस्या भएको हो’, साउदेनले भने, ‘तर, त्योबेला काम गर्न नसकेको काम यो वर्ष पूरा गर्छु भन्नुभएको छ । निर्माण व्यवसायीले यो वर्ष कामको कति बढाए तोकिएकै समयमा काम सकिन्छ ।’ यो सडक राजमार्ग पुनर्निमार्ण तथा स्तरोन्नतिको योजनाअनुसार निर्माण सुरू भएको साउदेनले बताए ।

    बिर्तामोडदेखि हर्चना कल्भर्टसम्मको सडक पनि समयमा सकिएको थिएन । आशिष-प्रेररा जेभीले ठेक्कामा लिएको यो सडक पटकपटक म्याद थप्दा मात्र निर्माण सम्पन्न भएको थियो । यो सडक समयमा निर्माण सम्पन्न भयो भने सर्वसाधरणले सास्ती व्यहोर्नबाट मुक्ति पाउने स्थानीय बताउँछन् । सडककै कारण झापावासीका लागि सदरमुकाम टाडा हुँदै आएको छ ।

    राजमार्गदेखि दक्षिणमा रहेको झापाको सदरमुकाम चन्द्रगढी जान सडककै कारण स्थानीयलाई निकै मुस्किल पर्दै आएको छ । ‘सडक त्यस्तो छ । सदरमुकाम पुग्दा धुलोले पुर्छ । सडककै कारण सदरमुकाम त हाम्रा लागि टाडा हुँदै आएको छ,’ दमकका सर्वसाधारण भुवन न्यौपाने भन्छन्, ‘सडकमा खाल्डाखुल्डी उस्तै छ । दुर्घटना होइन्छ कि भन्ने डर पनि उत्तिकै छ । तर, निकै तलसम्म त चार लेनको सडक बनिसकेछ । बाँकी पनि काम भइरहेको देखिन्छ । धमाधम काम गरेर समयमै काम सक्ने भए हामीलाई पनि सदरमुकाम नजिक हुने थियो । सहजै सदरमुकाम पुग्न सक्ने थियौँ ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.