• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

१०७ वर्षीया कली र ८७ वर्षीया भद्रमायाको लोभलाग्दो सहकार्य

  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुली ।  दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ । मुखमा दाँत छैन । जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । कमलामाई नगपालिका १० जाहानटोलकी १०७ वर्षीया कुमारी सुनुवार (कली) हेर्दा कमजोर देखिए पनि उनको काम गर्ने शक्ति र जाँगर भने कम भएको छैन । घरको दलानमा बसेर दिनभर बोराको धागो निकाली नाम्लो र दाम्लो बाटेर दैनिकी टार्ने गर्छिन् कली ।

    रामेछापबाट १४ वर्षको उमेरमा विवाह गरेर सिन्धुली आएकी कली माइती हुँदादेखि नै दाम्लो बाट्ने गरेको र आफूले जानेको सिपलाई निरन्तरता दिएको बताउछिन् । ‘विवाह भएको एक वर्ष दिन नपुग्दै जेठो छोरा जन्मियो । श्रीमानको जागिर थिएन । खेतीपातीबाट बिहानबेलुका छाक टार्नसमेत धौधौ हुन्थ्यो’, उनले भनिन्, ‘आफ्नो र परिवारको दुई छाक भोक मेटाउन माइतीमा गर्दै आएको दाम्लो बाट्ने काम यहाँ आएर पनि गर्न थालेँ ।’

    दाम्लो नै आफ्नो आयआर्जनको दरिलो माध्यम भएको कलीले बताइन् । ‘माइतिमा ८०÷९० वटा बाख्रा थियो । ति सबैलाई मैले नै दाम्लो बनाउथेँ । त्यतिबेला त गाउँका मान्छेहरू आफ्नो बाख्राका लागि आफैँ दाम्लो बनाउँथे’, विगत सम्झँदै कलीले भनिन् ।

    सातवटा छोराकी आमा कलीसँग अहिले तीन जना मात्र छोरा छन् । चार भाइ छोराले भने संसार छोडिसकेको उनले सुनाइन् । छोराहरू छुट्टिएपछि पाँच वर्षसम्म कली एक्लै बसिन् । स्वास्थ्यमा समस्या आएपछि अहिले जाहानटोलमा ठूलोकान्छो छोराबुहारीसँगै बस्छिन् ।  कान्छा छोरा काठमाडौमा बस्छन् भने काइँला छोरा नजिकै छन् ।

    उनले अहिले दिनमा दुईवटा दाम्लो बाट्छिन् । आफूले बाटेको दाम्लो गाउँमा बिक्री गर्छछिन् । ‘कति त घरमै किन्न आउँछन् । आफैँ पनि गाउँमा लगेर बिक्री गर्छु’, कलीले भनिन् ।

    घरबाट आधा घण्टाको बाटो हिँडेर दोमान, डाँडाटोललगायत छिमेकी गाउँमा दाम्लो बेच्न जाने गरेको उनले सुनाइन् । एउटा दाम्लोको २५ र नाम्लो ५० रुपैयाँमा बिक्री गर्छिन् ।

    कली वृद्धभत्ता पनि लिन्छिन् । तर, त्यो पैसा भने औषधिमूलोमै खर्च हुने गर्दछ । ‘बाथरोग छ । वृद्धभत्ताको पैसा त औषधिमै खर्च हुन्छ’, कलीले भनिन्, ‘आफूलाई खान मन लागेको कुरा भने दाम्लो बेचेको पैसाले पुगेको छ । यही अगाडि एउटा पसल छ । त्यहाँबाट बिस्कुट चाउचाउ लिएर आउँछु । भोक लागेको बेला घरमा बसेर कुटुकुट खान्छु ।’

    कलीलाई अझै केही वर्ष बाँच्छु भन्ने आत्मविश्वास छ । ‘केही नबाँचे पनि आठ दश वर्ष त बाँच्छु होला । अझै पाँच सात वर्षसम्म त दाम्लो बनाएरै बेच्न सक्छु जस्तो लाग्छ’, कलीले भनिन्, “ऊ बेला सुकामाना घिउ खाएको तागत छ मसँग । अहिलेका मान्छे जस्तो विषादी हालेको खाने कुरा खाएनौँ । त्यसैले म त अझै धेरै वर्ष बाँच्छु ।’

    कली गाउँकै सबैभन्दा बढी उमेर भएकी वृद्धा समेत हुन् । जाहानटोलमा नाम्लो र दाम्लो बाट्ने कली मात्र होइन । ८७ वर्षीया भद्रमाया मगर पनि नाम्लो र दाम्लो बाटेर आफूलाई खान मन लागेको कुरा खाने गर्छिन् । सिमेन्टका बोरा र चामल ल्याएका बोरा जम्मा गरेर बोराको धागो निकाली  नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् ।

    ‘तल्लो घर बनाउँदा सिमेन्ट ल्याएको थियो । त्यहीबाट यो बोरा जम्मा गरँे’, उनले भनिन्, ‘पहिले त जंगल गएर भोर्लोेको पाट ल्याएर नाम्लो बनाउथेँ ।’

    अहिले जंगल जान नसके नि विभिन्न सामान ल्याएको बोराको धागो निकालेर नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बेचेर घर खर्चमासमेत सहयोग गर्छिन् ।  ‘कहिले काहीँ दाम्लो बेचेको पैसाले घरमा तरकारी ल्याउँछु’, उनले भनिन्, ‘अस्तिको पैसाले मासु र टमाटर ल्याएँ ।’

    छोराछोरीको कमाइको आस गर्नु नपरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बचेर केही पैसा बिरामी अथवा केही समस्या परेमा खर्च गर्नलाई जम्मा गरेर राखेको बताइन् ।

    कली र भद्रमाया नाम्लो र दाम्लोसँगै बनाउँछन् । बनाएको नाम्लो र दाम्लो बेच्न दोमान, डाँडाटोल, सरकारी टोलसम्म पुग्छन् । एउटा नाम्लोको ५० रुपैयाँ र दाम्लो २५ रुपैयाँमा बेच्छन् । दुवै जना दाम्लो बेचेको पैसाले आफुृलाई खान मन लागेको सामान ल्याउँछन् ।

    ‘कली मेरो दिदी पर्छ । हामीसँगै नाम्लो र दाम्लो बेच्न जान्छौँ’, भद्रमायाले भनिन्, ‘उता दिदीको घरमा बोरा धेरै छ भने कहिले काहीँ मलाई दाम्लो बनाउनको लागि पनि दिनुहुन्छ ।’

    पहिले नाम्लो बनाउनको लागि भोर्लोको पाट लिन कली र भद्रमायासँगै जंगल जान्थे । दुवै जना सँगै बसेर नाम्लो र दाम्लो बाट्ने गर्छन् । ‘कली अहिले राम्रोसँग आँखा देख्नुहुन्न । नाम्लो बनाउ चाहिँ यहीँ आउनुहुन्छ’, भद्रमाया भन्छिन्, ‘मैले नाम्लो बाट्न सहयोग गर्छु । एउटा नाम्लो बाट्न सहयोग गरेबापत कहिले ५ रुपैयाँ, कहिले १० रुपैया दिनुहुन्छ ।”

    कली र भद्रमायाकोे मिहेनत देखेर स्थानीय तहले उनीहरूलाई सम्मान गरिसकेको छ । वृद्धा अवस्था भए पनि उमेरको कुनै प्रवाह नगरी आफ्नै मिहेनतबाट जीविकोपार्जन गरिरहेको भन्दै कली र भद्रमायालाई कमलामाई नगरपालिकाले, वडा, विभिन्न संजालले सम्मान गरेको कलीको ठूलो कान्छी बुहारीले बताइन् ।

    कमलामाई नगरपालिकाले यस आर्थिक ०७८÷७९ मा ‘बा आमाको मुस्कान नगरपालिकाको मुस्कान’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत नगर भित्रका सबै जेष्ठ नागरिकलाई पुरै दाँत निशुल्क हाल्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १०० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान र स्वास्थ्यलाई ध्यान दिँदै दैनिक एक लिटर दुध उपलब्ध गराइने उल्लेख छ । हाल नगरले १०० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको विवरण संकलन गरिरहेको छ । हालसम्म संकलित विवरणअनुसार नगरभित्र १०० सय वर्ष उमेर कटेका जम्मा २१ जना ज्येष्ठ नागरिक छन् । उर्मिला भट्टराई/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.