बुटवल । बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन् । घटनामा २ जनाको मृत्युु भएको पाल्पाका डिएसपी मदन गिरीले बताएका छन् । बुटवलगुल्मी सडक अन्तर्गत पाल्पाको तानसेन नगरपालिका( ११ सम्मवारीमा गएको पहिरोमा ती गाडी पुरिएका हुन् । पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको हो । घटनास्थलमा उद्धार कार्य भइरहेको पाल्पाका डिएसपी गिरीले बताएका छन् ।








