• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बर्थिङ सेन्टरमा प्रसूति गराउनेमध्ये काेही खुसी, केहीलाई अविश्वास

  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका-१ की २५ वर्षीया फुर्पा खेन्दो शेर्पालाई सुत्केरी हुँदाको लामो प्रसव वेदना सहन परेन । किनकि अस्पतालले दिएको सुत्केरी मितिभन्दा अगाडि नै उनले बर्थिङ सेन्टरमा जाने निर्णय गरिन् । लिन घरमै एम्बुलेन्स पुग्यो र बर्थिङ सेन्टरमै उनले छोरा जन्माइन् ।

    चनौटे बजारभन्दा माथि महांकालमा रहेको इचोक स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) आइपुग्न मेलम्ची घ्याङबाट उनलाई मुस्किलले चार घन्टा पैदल हिँड्न पर्थ्याे । तर गाउँपालिकाले व्यवस्था गरेको एम्बुलेन्सबाट दुई घन्टामै बर्थिङ सेन्टर आइपुगिन् ।

    उनले एम्बुलेन्सको भाडासमेत तिर्नुपरेन । बरु सरकारले सुत्केरीलाई पोषिलो खानेकुरा खुवाउन यातायातका लागि दिने जम्मा रकम ३८ सयमाथि गाउँपालिकाले थप गरेर ६ हजार चार सय रुपैयाँ दियाे । आफ्नै गाउँमा यो सेवा पाएपछि खुसी छिन् फुर्वा।

    हेलम्बु गाउँपालिकाले सुत्केरी आमाहरूलाई राम्रो व्यवस्था गरेको उनले बताइन् । ‘पहिला त सुत्केरी गराउन धुलिखेल, काठमाडौं पुग्न पर्थ्याे, अहिले पालिकामै राम्रो व्यवस्था छ’, उत्साहित हुँदै उनले भनिन् ।

    ‘सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेमा अब हामी विश्वस्त छौँ’, पाचँपोखरी थाङपाल गाउँपालिकाकी स्थानLय सरिता खत्रीले भनिन्।विगतमा घरमै सुत्केरी गराउँदा समस्या पर्‍याे भने सदरमुकाम अस्पतालमा पुग्न घण्टौ लाग्ने, हेलिकाेप्टरमार्फत उद्धार गर्नुपर्ने हुँदा जोखिम र खर्चालु हुने गरेको उनकाे भनाइ छ ।

    त्रिपुरासुन्दरी गाउँपालिका- १ गोर्थली बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी गीता न्यौपानेले पछिल्लाे समय गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणमा आउने गरेकाे बताइन् । पालिकाले नियमित चेकअप गरेमा एक-एक क्रेट अण्डाको व्यवस्था गरेकाे उनले सुनाइन् ।

    हेलम्बु-७ इचोक स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी सरीता खनालले भिडियो एक्सरेसमेत हुने भएकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउनेको संख्या बढेकाे जानकारी दिइन् । गाउँपालिकाले सुत्केरी हुन बर्थिङ सेन्टर आउने महिलालाई एम्बुलेन्स घरमनै लिन पठाउने र सुत्केरी भएपछि घरमै पुर्‍याउने गरेको छ । असारयता ३० हाराहारीमा प्रसूति गराइएको उनले बताइन् ।

    तर स्याउलेकी सुमित्रा सापकोटा सुत्केरी हुन धुलिखेल अस्पताल पुगिन्। स्वास्थ्यकर्मीको अविश्वास र शरीरमा रगत दिनुपर्ने अवस्था आएमा ब्लड बैंकसमेत चौतारा अस्पतालमा नहुँदा जोखिम मोल्न उनले चाहिनन् । उनी भन्छिन्,“सुत्केरी हुँदा अवस्था जटिल भयो भने यताबाट धुलिखेल वा काठमाडौ रेफर गर्छन् बरु उतै गएर सुत्केरी हुँदा मानसिक तनाव त हुँदैन।”

    दुर्गम ठाउँका बर्थिङ सेन्टरमा समस्या

    भूगोलको हिसाबले दुर्गम ठाउँमा बर्थिङ सेन्टर स्थापना भए पनि उपकरणा अभाव, सडक सञ्चालनमा समस्या, तालिमप्राप्त स्वास्थ्यकर्मीको समस्या हुने गरेको छ । यसका लागि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बर्थिङ सेन्टरमा कार्यरत  स्वास्थ्य कर्मचारीको क्षमता विकासका लागि तालिम सञ्चालन गरीरहेको छ ।

    सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएकी स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी जनस्वास्थ्य अधिकृत कविता पाठकका अनुसार  जिल्लामा बर्थिङ सेन्टर ३२ प्रतिशत सञ्चालनमा छन् । तर यति हुँदा पनि कुनै बर्थिङ सेन्टरमा वर्षमा  ५-१० वटा मात्रै प्रसूति हुने गरेकाे छ । आफ्नै समुदायमा प्रसूति गराउन सुविधा हुँदा पनि जनचेतनाको अभावका कारण सुत्केरी गराउन धुलिखेल, काठमाडौ जस्ता ठाउँमा जाने  धेरै रहेकाे उनले सुनाइन् ।

    जिल्लामा बर्थिङ सेन्टर ४३ वटा सञ्चालनमा छन् भने चाँडै थप सातसहित जम्मा ४७ वटा बर्थिक सेन्टर सञ्चालनमा आउने भएका छन् । तर अझै पनि तथ्यांक हेर्दा सिन्धुपाल्चोकमा संस्थागत डेलिभरी एकदमै कम छ । न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.