चितवन । चितवनमा आज ५ जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ३६० पुगेको छ । अज थप १० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट १० जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २६ हजार ९८२ पुगेको छ ।
यता, आज जिल्लाभर सक्रिय संक्रमित १९२ जना रहेका छन् । उनीहरुमध्ये १८३ जना होम आइसोलेसनमा छन् भने ९ जना अस्पतालमा रहेका छन् ।








