• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व

  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको पालिका कमिटी गठन गरिएको छ । शनिबार अबेर सम्पन्न पालिका-नगर सम्मेलनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा माओवादी केन्द्रको सर्वसम्मत पालिका कमिटी गठन गरेको हो ।

    माओवादी केन्द्रको अधिकांश पालिका कमिटीमा युवाको वर्चस्व स्थापित भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा खगेन्द्र राई, उमेशचन्द्र राई र ध्रुवादेवी राई, सचिवमा जमानसेर राई (युगसन किरात), सहसचिवमा दिपेन्द्र राई र कोषाध्यक्ष रामकुमार हिङमाङ चयन भएका छन् । विसन अध्यक्षमा दोहोरिएका हुन् ।

    माओवादी केन्द्रले हलेसी तुवाचुङ नगरपालिकामा राजुविक्रम चाम्लिङलाई अध्यक्ष चयन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा प्रदीप राई, प्रमोद गिरी र कन्ठ कार्की, सचिव रमिला बस्नेत, सहसचिव गन राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन भएका छन् । यसअघि नगर सम्मेलन आयोजक कमिटीको अध्यक्ष बनाइएका चाम्लिङ प्रथम नगर सम्मेलनबाट अध्यक्षमा चुनिएका हुन् ।

    साकेला गाउँपालिकामा अर्जुन खड्का झंकारको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा बिर्सिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिवमा धनकुमार राई र कोषाध्यक्षमा उन्नत राई चयन भएको माओवादी केन्द्रले जनाएको छ । खड्का साकेला गाउँपालिका अध्यक्ष पनि हुन् ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिवमा रमेश थुलुङ र कोषाध्यक्ष चमेली बिक चयन भएका छन् । केपिलासगढी गाउँपालिकामा रुद्र राईको अध्यक्षतामा पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रामकाजी राई, कुमार परियार र विष्णुकुमार राई, सचिवमा लक्ष्मण साम्पाङ, सहसचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

    खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रले दिपेन राईको अध्यक्षतामा पालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा धनबहादुर महाराजी, सुशीला राई र इन्द्रहाङ किराती, सचिवमा बसन्त राई, सहसचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चुनिएका माओवादी केन्द्र खोटाङ संयोजक देवान किराती पृथ्बीले बताए ।

    यस्तै, जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्षमा बद्री राई चयन भएका छन् । उपाध्यक्षमा देवीमाया राई, खड्गबहादुर राई, सचिवमा नइन्द्र राई र सहसचिवमा नेत्रकुमार श्रेष्ठ चयन भएका छन् ।

    रावाबेँसी गाउँपालिकामा रामबहादुर राईको अध्यक्षतामा पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिवमा उदिम चाम्लिङ राई, सहसचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कट्वाल चयन भएका छन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटी विस्तार गरिएको छ । पालिका कमिटीको उपाध्यक्षमा खड्गबहादुर तामाङ, किसान राई र नैनकुमारी खत्री, सचिवमा दिपक पौडेल, सहसचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन भएका छन् ।

    बराहपोखरी गाउँपालिका अध्यक्षमा युवराज मगर, उपाध्यक्षमा तारा राई, राजन राई, कमला राई, सचिवमा अर्जुन तामाङ, सहसचिवमा ध्रुवजित राई र कोषाध्यक्ष गणेश परियार चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.