सर्लाही । सर्लाही हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव रहेका छन् । सेवाग्राहीलाई भुक्तानी दिँदा घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट गएको टोलीले मंगलबार साँझ उनीहरुलाई चार हजार रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ।








