चितवन। कोरोना भाईरस संक्रमणबाट बच्नको लागि सचेतानामूलक कार्यक्रम,सोमवार भरतपुरको चौबिकोठीमा सार्वजनिक सवारी साधनका चालकहरुलाई मास्क निःशुल्क वितरण गरिएको छ ।
वे ग्रुपको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वडा प्रहरी कार्यालय नारायणगढ चितवनको सहकार्यमा चौबिसकोठीमा सो कार्यक्रम गरिएको हो।
कार्यक्रममा कोरोना भाइरस संक्रमणबाट बच्नको लागि सचेतानामूलक कार्यक्रम सञ्चालन गरि सवारीसाधनका चालकलाई निःशुल्क २०० थान मास्क वितरण गरी उक्त सचेतनामूलक कार्यक्रम गरिएको हो ।








