• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु

  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन बिहीबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । अधिवेशनको नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका छन् ।

    उनले मुलुकको नेतृत्व कांग्रेस बाहेक अरू कसैले गर्न नसक्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको नेतृत्व मुलुकका लागि अपरिहार्य रहेको भन्दै कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे ।

    कांग्रेसले जस्तोसुकै कठिन परिस्थितिका  बाबजुद पनि मुलुक र नागरिकप्रतिको आफ्नो दायित्व निर्वाह गरेको भन्दै गृहमन्त्री खाणले लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्धमा कांग्रेसले कहिल्यै घुँडा नटेक्ने पनि बताए । उनले जनताको इच्छा र आकांक्षा पूरा गर्ने दायित्व सरकारको रहेको भन्दै त्यो दायित्व पूरा गरेरै छाड्ने बताए । गृहमन्त्री खाणले  मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने कुरामा सरकारले कुनै कसर बाँकी नराखेको पनि बताए ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताए । पुराना नेता म्याद सकिएको औषधी जस्तै भएकाले अव पुरानाबाट पार्टी चल्न नसक्ने उनको भनाई छ । नेता भण्डारीले देश बनाउन अव नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बेला आएको बताए ।
    ‘पुरानाले लामो समय नेतृत्व गरे, अबको विज्ञान र प्रविधिको युगमा पुरानो पुस्ताले नेतृत्व गर्न सक्दैन, मुलुकलाई अगाडि बढाउन नयाँ नेतृत्वको आवश्यकता छ,’ उनले भने । उनले गाउँदेखि केन्द्रसम्म कांग्रेसले नेतृत्व बदल्न जरुरी रहेको पनि बताए ।

    कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने छ । नयाँ नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।

    नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।

    कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसद समेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

    प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.