• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ८. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ९. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • १०. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधी समूह चुनावी प्रतिस्पर्धामा

  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ को प्रथम अधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।अहिलेसम्म रामचन्द्र पौडल, शसांक कोइलालगायतका समूहबाट औपचारिक रूपमा उम्मेदवारी घोषणा भएको छैन ।

    केही दिनअघि उपसभापति निधी समूहबाट प्रदेश सभापतिमा प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादवले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    प्रदेश सभापतिमा प्रदेश २ मा देउवा गुटकै चार जना रामरोज यादव, महोत्तरी सभापति महेन्द्र कुमार राय, सप्तरी सभापति दिनेश यादव र रौतहट सभापति कृष्णा यादव महत्वकांक्षी रहेका थिए । तर, रामसरोज यादवले पहिला नै आफू उपसभापति निधीको समूहबाट उम्मेदवारीको घोषणा गरेपछि प्रदेश २ मा औपचारिक रूपमा देउवा र निधी गुट देखिएको छ ।

    निधी गुट अलग भएपछि देउवा गुटमा रहेका तीन जना महेन्द्र कुमार राय, दिनेश यादव र कृष्णा यादवबीच कांग्रेसका पूर्वकोषाध्यक्ष चित्रलेखा यादवको रोहवरमा शुक्रवार बिहान साझा उम्मेदवार बनाउने छलफल भएको थियो । कांग्रेसका महोत्तरी सभापति महेन्द्रकुमार रायका अनुसार छलफलमा पार्टीका हाइकमाण्डले तोकिएको व्यक्ति नै सभापतिमा उम्मेदवारी दिने तीनै जनाबीच सहमति भएको छ ।

    पार्टीका हाइकमाण्ड अर्थात् शेरबहादुर देउवाले प्रदेश २ को सभापतिमा कृष्णा यादवलाई उम्मेदवार बनाउने निर्णय भएको महोत्तरी सभापति रायले बताए ।

    देउवा समूहले पत्रकार सम्मेलन गरी यादवलाई उम्मेदवार बनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा प्रदेश २ का निर्वाचन संयोजक रमेश रिमालले सभापति देउवा समूहबाट यादवलाई प्रदेश सभापतिमा साझा उम्मेदवार बनाएको बताए । ‘प्रदेश अधिवेशन सर्वसम्मत गराउने विषयमा हाम्रो छलफल जारी नै रहेको छ,’ उनले भने, ‘तर सर्वसम्मत नभए वरिष्ठ नेता रामचन्द्र पौडेल, शसांक कोइराला समूहलाई पनि सभापति बाहेकका पद दिएर पनि हामी आफ्नो उम्मेदवारलाई जिताउँछौं ।’

    पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव, लगायतका सहभागिता रहेको थियो ।

    यसैबीच, कांग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ । शुक्रबारको लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले जनाएको छ ।

    शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता कार्य स्थगित गरिएको उनले बताए । आठ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म चार वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नामावली आउन नसकेको उनले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.