सप्तरी, कल्याणपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्ग नगरपालिका ७ कल्याणपुर बजारमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ७८७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोहि नगरपालिका– ५ बस्ने ३७ बर्षीय वीरेन्द्र दास र मोटरसाइकल सवार वीरेन्द्रकी आमा ६५ बर्षीया सुधनी देवी दासको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन्। ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाइएको छ ।








