• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शिलान्यासमा हतारो : नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन

  •   शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास गरेका थिए । त्यसबखत दुई वर्षमा २५ वटा उद्योग सुरु हुने उद्योष पनि भएको थियो ।

    तर, ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा नाै महिनासम्म काम नै सुरु भएकाे छैन । जस लिनलाई ओलीले तत्कालिन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए । यद्यपि, बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरिसकेको छ । २१ बिघा क्षेत्रफलमा बन्ने औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । जहाँ एक सयभन्दा बढी विभिन्न उद्योग बन्नेछ । सुरुको दुई वर्षमा कम्तीमा २५ उद्योगको भौतिक पूर्वाधारको निर्माण सक्ने भनिएको थियो । यहाँ निर्माण सम्पन्न हुँदासम्म चिनियाँ कम्पनीले साढे तीन सय अर्बसम्म लगानी गर्ने उनले बताए ।

    लगानी बोर्डले ढिलाई गर्दा काम सम्पन्न हुन नसकेको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार लगानी बोर्डले विस्तृत योजना सम्झौतामा ढिलाई गर्दा फिल्डमा काम हुन सकेको छैन । ‘सबै काम सकिएको छ । चिनियाँ टोलीले फिल्डमा माटो परीक्षणको काम पनि सकेको छ,’ उनले भने, ‘अब प्रोजेक्ट डिटेल एग्रिमेन्टका लागि लगानी बोर्डमा छ । यो अन्तिम प्रक्रिया हो । लगानी बोर्डमा छलफलको क्रममा छ । यो चिनियाँ कम्पनी र नेपाल सरकारबीच हुने सम्झौता हो ।’

    लगानी बोर्डले जति चाडो गर्‍यो त्यति नै छिटो भौतिक संरचनाको काम पनि सुरु हुने उनले बताए । ‘हामीले जग्गा व्यवस्थापनको काम सकेका छौँ । अब लगानी बोर्डले पीडिएको काम जति छिटो गर्‍यो त्यति छिटो काम हुन्छ । हामीले गर्ने जग्गा व्यवस्थापनको काम सकिएको छ,’ उनले भने, ‘फिल्डमा अहिले केही पनि हुन्न । लगानी बोर्डले काम सकेपछि मात्र चिनियाँ कम्पनीले काम गर्छ । लगानी बोर्डले पहिल्यै सक्नुपर्ने हो । तर, अझै दुई/ तीन महिना त लाग्ला ।’  बोर्डले ढिलाई गरे चिनियाँ कम्पनी फर्कन पनि सक्ने उनले चेतावनी दिए । ‘सरकार परिवर्तन भयो । पुरानो सरकारले गरेका कुनै पनि काम अघि बढेको छैन । उद्योग मन्त्री पनि हुनुहुन्न,’ बस्नेतले भने, ‘उस्तै पर्‍यो भने त फर्कन्छ । भनेको समयमा उनीहरूको त काम हुनुपर्छ ।’

    ओलीको निर्वाचन क्षेत्रस्थित दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा बन्ने औद्योगिक पार्क निर्माण हुनेछ । ओलीले शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ । त्यो क्षेत्रमा निर्माणको नाममा ओलीले शिलान्यास गर्दाको स्तम्भव मात्र छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.