सल्यान । एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछी सल्यान अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अस्पताल सिल गरिएको हो । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै बिहीवारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ । जोखिम रोक्न अस्पतालले इमर्जेन्सी बाहेकका सम्पुर्ण सेवाहरु अनिश्चितकालकाका लागि बन्द गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर अर्जुन बुढाले बताए । भारत लगायत अन्य देशबाट आएकाहरूको स्वाब संकलनमा संलग्न स्वाथ्यकर्मीको असार ५ गते स्वाब संकलन गरी प्रदेश अस्पताल सुर्खेतमा पठाइएकोमा रिर्पोट पोजेटिभ आएको थियो ।








