चितवन । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समृद्ध नेपालको सुरुवात गाउँ देखिनै हुनुपर्नेमा जोड दिदै आएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सोहि अनुसारको कामलाई तीब्र पारेका छन् । निर्वाचन क्षेत्र नम्वर(१ मा ८ सय घरधुरीमा फुस्को छाना हटाई जस्ता लगाईने भएको छ । बिपन्न परिवारलाई लक्षित गरि शहरी बिकास मन्त्रालयबाट कार्यक्रम पारिएको त्यस क्षेत्रका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए । सांसद पाण्डेका अनुसार राप्ती नगरपालिका का ३६८ घरधुरी , खैरहनी नगरपालिकाका २१६ घरधुरी र रत्ननगर नगरपालिकाका २१६ घरधुरीमा फुस्को छाना हटाएर जस्ता लगाईनेछ । आर्थिक बर्ष २०७७र०७८ का लागि परेको यस कार्यक्रमका लागि प्रति घर ५० हजार सरकारले उपलब्ध गराउने पाण्डेले जानकारी दिए ।








