• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो, संख्या भने बर्सेनि घट्दो

  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी । चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् । अक्टोबरदेखि मे महिनासम्म  विभिन्न देशबाट पाहुना चरा उचित वासस्थान तथा बच्चा कोरल्नका लागि चराहरू कोशी टप्पु आउने गरेका हुन् । विशेषगरी कोशी टप्पुमा मङ्गोलिया, साईबेरिया, तिब्बत, पूर्वी एसिया लगायतका देशबाट चरा आउने गरेका छन् ।

    नेपालमा ८८६ प्रजातिका चरामध्ये कोशी टप्पुमा ५३१ प्रजातिका चराको बसोबास रहेको आरक्ष कार्यलालले बताउँछ । अहिले कोशी टप्पुमा ठूलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज), राजगरुड, पिंटेल, मलर्ड, बारहेडेड लगायत पाहुना चरा देखिन थालेका छन् ।
    हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननको सुरक्षित गन्तव्यको खोजीमा पक्षीहरू यसवर्ष उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धमा बसाइ सर्दै कोशी टप्पुसम्म आउने गर्दछन् ।

    एक थरी चराले अन्तर्देशीय सीमाको लामो दूरी पार गर्दै साइबेरियादेखि कसी टप्पुसम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दुरीको बसाइ सरी आउने गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय बताउँछ । आरक्ष आसपासको क्षेत्रमा बसाइसराइ गरी आउने चरामा हाँस प्रजातिका चखेवा हाँस, खडखडे हाँस, मालत हाँस, सुडसुडिया प्रजातिहरू सिकारी चराहरू साहिबाज सेनबाज जस्ता प्रजाति देखिएका छन् ।

    प्रजाति थपिए तर संख्या घट्दो

    नयाँ प्रजातिका चराको आवागमन बढे पनि संख्या भने घट्दो रूपमा देखिएको छ । सन् २०१५ मा पाँच हजारभन्दा बढी संख्यामा देखिएको भए पनि अहिले करिब तीन हजार ५०० देखि चार हजारसम्म मात्र चरा आउने गरेको कोशी पंक्षी समाजका अध्यक्ष सञ्जीव आर्चाय बताउँछन् । विदेशी मुलुकबाट आउने चरा उचित वासस्थान, पर्याप्त सिमसार क्षेत्र भएकै कारण कोशी आसपास बस्ने गरेको उनको भनाइ छ ।

    तर, पछिल्लो समय नयाँ प्रजाति चरा देखापरे पनि सिमसार क्षेत्र सुक्दै जानु, सिकार बढ्दै जानु, हेरचाह कम हुनु जस्ता कारण चराको संख्या भने घट्दै गएको आर्चाय बताउँछन् ।

    ‘उपयुक्त वासस्थान नदेख्दा र आहाराको अभाव भए चरा अन्त जाने हो । अहिले यहाँ भएको समस्या नै यही हो । यो समस्या यहाँ मात्र हैन अन्य क्षेत्रमा पनि देखिएको छ । यस कारण नेपालमा आउने चरा छिमेकी देश भारततर्फ जाने गरेका छन्’, आर्चाय भन्छन्, ‘स्थानीय सरकार, सङ्घीय सरकार तथा सम्बन्धित् निकायले चासो नदिए यो क्रम अझ घट्ने छ ।’

    कोशी टप्पु नेचर गाइड एसोसिएसनका अध्यक्ष कुर्बान मन्सुरी यस क्षेत्रलाई चराले उचित गन्तव्य ठानेर आए पनि हेरचाहका लागि आरक्षले समन्वय गर्न नसक्दा चराको संख्या घटेको बताउँछन् । आरक्षले कसरी व्यवस्थापन गर्ने भनेर सरोकारवाला निकायसँग छलफल गरेर दीर्घकालीन योजनाअनुसार काम गर्नु पर्ने मन्सुरीको जोड छ ।

    कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा भने सिमसार क्षेत्र मासिँदै जानुले चराको संख्या घट्न थालेको बताउँछन् । उनी भन्छन्, ‘कोशी टप्पुमा अधिकांश चरा पानीमा बस्ने रमाउने प्रजातिका छन् । पर्याप्त जलाशय क्षेत्रको व्यवस्थापन गर्न सके चराको संख्या घट्नमा केही हदसम्म रोक्न सकिन्छ ।’ खतिवडाले चराको स्वर्गको रूपमा चिनिएको कोशी टप्पुलाई  सुन्दरतामा कमि आउन नदिन कार्यालयले थप गृहकार्य गर्नेसमेत आश्वासन दिए । प्रकाश तिम्सिना/न्युज कारखाना

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.