• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

निर्माण व्यवसायी नै भन्छन्- एउटा आयोजना पुरा भएपछि मात्रै अर्कोको ठेक्का दिनुपुर्छ

  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम ।  निर्माण व्यवसायीको व्यावसायिक छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले एउटा कम्पनीले पाएको काम पुरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ इलामको २०औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका सहभागी महासंघका अध्यक्ष तथा पदाधिकारीले यस्तो धारणा राखेका हुन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिङले एउटा आयोजनाको ८० प्रतिशत काम पुरा गरेको व्यवसायीलाई मात्रै अर्को आयोजनाको जिम्मा दिनुपर्ने बताए । अध्यक्ष सिङले विल्व सिस्टमलाई हटाएर क्षमताको आधारमा काम दिइनुपर्नेमा जोड दिए । उनले क्षमताको आधारमा तीन करोड रुपैयाँसम्मको ठेक्का साना व्यवसायीलाई दिनुपर्ने  बताए । क्षमताको आधारमा व्यवसायीलाई योजना दिइए गुणस्तर समेत कायम हुने दाबी गरेका छन् ।

    निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि एउटा कम्पनीलाई निश्चित आयोजनाको जिम्मा दिने र त्यो पुरा भएपछि मात्रै अरू योजनाहरू दिनुपर्ने पक्षमा आफू पनि रहेको बताए । ‘कम्पनीको क्षमताको आधार कति योजना दिने हो टुङ्गो गर्नुपर्‍यो, ती योजना पुरा भएपछि मात्रै नयाँ योजना दिइनुपर्छ’, पाण्डेले भने ।

    कार्यक्रमका उपाध्यक्ष आङदोजी लामा, महासचिव रोशन दाहाल लगायत पदाधिकारी सहभागी थिए । उनीहरूले समेत निर्माण एक जनाले सयौँ योजनाको जिम्मा लिने र अलपत्र पारेर छाड्ने प्रवृत्तिको अन्त्यको लागि नयाँ नियम आवश्यक रहेको औंल्याए ।

    इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुने भन्दै पुँजीगत खर्चको माध्यमबाटै राज्यको स्रोत नागरिकसम्म पुग्ने भए पनि त्यो सन्तोषजनक नभएको बताए । ‘पुँजीगत खर्च सन्तोषजनक छैन, खर्च सन्तोषजनक नहुँदा राज्यको स्रोत पनि सबै नागरिकसमक्ष पुगेको छैन’, उनले भने,‘सबै निर्माण व्यवसायीको मात्रै दोष होइन, सार्वजनिक खरिद ऐन र नियमावली नै समयानुकूल बनाउनुपर्छ ।’

    निर्माण व्यवसायी संघले आफ्नो अधिवेशनको अवसरमा इलाममा मेडिकल कलेज स्थापनाको लागि जग्गा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ सहयोग गरेको छ । मेडिकल कलेज स्थापना गर्नको लागि इलाम नगरपालिकाले प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले जग्गा व्यवस्थापनको लागि समिति नै बनाएर प्रक्रिया अघि बढाएको । संघका अध्यक्ष सुभाष चिपालुले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    आइतबार सुरु भएको निर्माण व्यवसायी संघको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुनेछ । व्यवसायी संघको अध्यक्षको लागि चार जना आकांक्षी छन् । वर्तमान अध्यक्ष सुभाष चियालु, पूर्वध्यक्ष राजकुमार भक्तराज, सन्तोष कटुवाल र डिल्ली खनाल अध्यक्षको दौडमा छन् । निर्माण व्यवसायी संघमा २२० व्यवसायी आबद्ध छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.