चितवन । चितवनमा पछील्लो चौबिस घण्टामा १३ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २७ हजार ४१ पुगेको स्वास्थ्य कार्यलय चितवनले जनाएको छ । त्यस्तै चितवनमा आज १३ जना कोरोना भाईरसमुक्त भएका छन् ।
यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ४४४ पुगेको छ ।जिल्लाभर सक्रिय संक्रमित १६५ जना रहेका छन् । उनीहरुमध्ये १५६ जना होम आइसोलेसनमा छन् भने ९ जना अस्पतालमा रहेका छन् ।
चितवनमा आज कोरोना कोरोनाबाट कसैको मृत्यु भएको छैन । चितवनमा कोरोनाबाट हालसम्म ४३२ जनाको मृत्यु भएको छ ।








